नेपाली कलाकार–‘टिकटक’ मा रमाउने कि अभिनयमा ? | Khabarhub Khabarhub

नेपाली कलाकार–‘टिकटक’ मा रमाउने कि अभिनयमा ?


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कलाकार यति सस्ता छन् कि, ती कलाकारले दर्शकले जहाँ जतिबेला जुन अवस्थामा पनि भेट्न सक्छन् । कलाकारको हाउभाउ र बोली पनि अति सामान्य हुन्छ । धेरै कलाकारलाई ‘डिप्लोम्याटिक’ र आम दर्शकभन्दा फरक बन्नुपर्छ भन्ने पनि थाहा छैन ।

कलाकारले सामाजिक सञ्जालमा पनि आफूलाई निकै ‘खुला’ छोडेका हुन्छन् । जे पनि पोस्ट गरेका हुन्छन्, दिनभरिमा के खाइयो, के गरियो भन्ने पनि भन्दै हिँडिरहेका हुन्छन् ।

नेपाली कलाकारको यस्तो प्रवृत्तिले सम्रग कलाकारिता जगतमा नै एक खाले प्रभाव पारेको छ ।

दर्शकलाई समेत लाग्न थालेको छ कि, कलाकार बन्न खासै गाह्रो छैन । यही धाउन्नमा त कति त ‘टिकटक’ बाट भाइरल भएर कलाकार पनि भइसकेका छन् । तर, ती टिकटके कलाकार कहिलेसम्म रहन्छन् भन्ने थाहा हुँदैन । यसअघि निर्देशकले टिकटक हेरेर फिल्ममा लिएका केही कलाकार र फिल्म ‘फ्लप’ भइसकेका छन् ।

कतिपयले फिल्मकर्मीले त टिकटक तथा युट्युबमा हिट भएका ‘व्यक्ति’लाई उठाएर फिल्ममा मौका दिने गरेका छन् । यसको प्रभाव यहाँ अभिनयमा केही गर्छु भन्नेलाई पनि परेको छ ।

कलाकार प्रियंका कार्कीले टिकटक चलाउँछिन् । उनको प्रोफाइल हेर्ने हो भने बच्चाझैँ अभिनय गरेर बनाइएका टिकटक उनको प्रोफाइलमा प्रसस्त छन् । त्यस्तै वर्षा राउत पनि चल्तीकी नायिका हुन् । तर उनी टिकटक पनि खुबै रमाएको देखिन्छ । अभिनयमा राम्रो दख्खल भएकी भनिएकी नायिका नीता ढुंगाना पनि टिकटकमा रमाएको देखिन्छ । यद्यपि प्रियंका र वर्षाको तुलनामा उनी केही कम चलाउँछिन् ।

नेपालमा ‘टप’ भनिएका नायिकाहरु नै टिकटक क्वीन बन्ने धाउन्नमा लागेपछि अरु पनि टिकटकमा रमाउनु खासै नौलो कुरा पक्कै भएन । भलै प्रियंका कार्कीको क्रेज फिल्मका दर्शकमाझ खस्किसकेको छ ।

अर्कातिर केही कलाकारले भने कलाकार भएपछि आफूलाई निकै सस्तो बनाउन नहुने बताउँछन् । यस विषयमा धेरै कलाकार नबोले पनि केही कलाकारले भने सार्वजनिक रुपमै आफ्नो धारणा राख्न थालेका छन् ।

नायिका वर्षा शिवाकोटीले पनि बेलाबेलामा कलाकारहरु निकै ‘चिप’ भएको गुनासो गर्न थालेकी छिन् । शिवाकोटीका अनुसार कलाकार निकै सस्तो हुँदा र जे पनि सामाजिक सञ्जालमा पोस्ट गर्दा कलाकारको हैसियत गुम्दै गएको छ । यस्तो गुनासो अन्य कलाकारको पनि रहने गर्छ ।

नेपालमा त्यस्ता केही कलाकार चाहिँ अझै पनि छन्, जो आफ्नो बारेमा सबथोक शेयर गर्दैनन् । जस्तो कि, दीपकराज गिरी लगायत उनको टिमले आफ्ना बारेमा हरेक दिन पोस्ट गर्ने, मिडियामा पनि निरन्तर आइरहने गर्दैनन् । यस्तै अभिनेता अनमोल केसी, प्रदीप खड्का, सलिनमान बनिया लगायतले आफ्ना बारेमा धेरै कुरा सामाजिक सञ्जालमा शेयर गर्दैनन् ।

यता केही सीमित कलाकारले सामाजिक सञ्जालमा आफूलाई निकै ‘सस्तो’ बनाउँदा अरु कलाकारलाई पनि असहज भइरहेको छ । तर कलाकारहरु खासै बोल्न चाहँदैनन् । कारण, आफ्नै साथीहरुलाई असर पर्छ ।

कलाकारले आफूलाई ‘ब्यालेन्स’ राख्न सक्नु पनि एउटा कला हो । तर, यहाँ केही कलाकार किन यति ‘चीप’ भइरहेका छन् र यसले फाइदा र घाटामा कसलाई के दिएको छ भन्ने पक्कै सबैले बुझेका होलान् ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ४ : १२ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र