उद्योगमन्त्रीको गुनासो– व्यवसाय ओरालो लाग्दा पनि व्यवसायीले सरकारसँग छलफल गर्न चाहेनन् | Khabarhub Khabarhub

उद्योगमन्त्रीको गुनासो– व्यवसाय ओरालो लाग्दा पनि व्यवसायीले सरकारसँग छलफल गर्न चाहेनन्


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योगीहरुलाई श्रमिकहरुको श्रमको सम्मान गर्न आग्रह गरेका छन् ।

मन्त्री यादवले श्रमिकहरुको श्रमको बलमा मालिक बन्न पाएका उद्योगीहरुले उनीहरुको पारिश्रमिक वृद्धि गरेमात्रै आफ्नो उद्योगको उत्पादनमा वृद्धि हुन्छ भन्ने वास्तविकतलाई भुल्न नहुने बताए ।

नेपाल पश्मिना उद्योग संघको १८ औं वार्षिक साधारण सभालाई शुक्रबार ललितपुरमा उद्घाटन गर्दै मन्त्री यादवले आफ्नो उद्योगको उत्पादन बढाउनका लागि पनि उद्योगीहरुले श्रमिकहरुको श्रमको सम्मान र माया दुवै गर्नुको विकल्प नरहेको बताए ।

मन्त्री यादवले नेपालको पश्मिना व्यवसाय ओरालो लाग्दै गएपनि सो समस्या समाधानका लागि पश्मिना उद्योगहरुले सरकारसँग परामर्श समेत गर्न नचाहेको गुनासो गरे । विश्व बजारमा नेपाली पश्मिनाको पहिचान रहेको उल्लेख गर्दै त्यसको प्रवद्र्धनका लागि सरकार उद्योगीहरुसँग सहकार्य गरेर अघि बढन प्रतिवद्ध रहेको मन्त्री यादवको भनाइ छ ।

मन्त्री यादवले निजी क्षेत्रले उद्योगको प्रवद्र्धनका लागि सरकारसँग सहकार्य गरेर अघि बढनुपर्ने आवश्यक्ता पनि औल्याए ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  १ : ४४ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी