२७ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै | Khabarhub Khabarhub

२७ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले आज र भोली देशभर राष्ट्रिय भिटामिन कार्यक्रम गर्दैछ । ७७ वटै जिल्लाका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन दोस्रो चरणका कार्यक्रम शुरु भएको हो ।

आज (शुक्रबार) र भोली (शनीबार) देशभरका स्थानीय तहहरुमा ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइदै छ ।

यस्तौ शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएका ३० जिल्लाका ५ वर्षमुनिका बालबालिकालाई पोषणस्थित परीक्षण र ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई सुक्ष्म पोषणतत्व बालभिटा वितरण कार्यक्रम रहेको छ ।

परिवार कल्याण महाशाखाको पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार आज र भोलि गरी ६ महिना देखि ५ बर्षसम्मका २७ लाख ६८ हजार ५४० जना बालबालिकालाई भिटामिन ए खुवाइदै छ ।

यस्तै १ बर्षदेखि ५ बर्ष उमेरका २३ लाख ५६ हजार ८४३ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ । राष्ट्रिय भिटामिन कार्यक्रमको लागि सरकारले आठ करोड बजेट छुट्याएको शाखाका प्रमुख पराजुलीले जाकारी दि ए ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ११ : ४२ बजे

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा