रसुवागढी र सान्जेन जलविद्युतको सेयर खुल्यो | Khabarhub Khabarhub

रसुवागढी र सान्जेन जलविद्युतको सेयर खुल्यो


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको साधारण सेयर आवेदन खुलेको छ । दुबै कम्पनीको शुक्रवारबाट साधरण सेयर विक्री शुरु भएको हो ।

सरकारले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत सेयर निष्काशन गरेको हो ।

शुक्रवार सभामुख कृष्णबहादुर महराले सेयर आवेदन दिएर यसको सुरुवात गरेका हुन् । महराले १ लाख रुपैयाँ बराबरको १ हजार कित्ता रसुवागढीमा र ५० हजारको ५ सय कित्ता सान्जेनका लागि आवेदन दिएका हुन् ।

महरा पत्नी सिता महराले १ लाख रुपैया (१००० कित्ता रसुवागढीमा) र ५० हजारको (५ सय कित्ता सान्जेनमा), उर्जामन्त्री वर्षमान पुनले पनि १ लाख रुपैया (१००० कित्ता रसुवागढीमा ) र ५० हजारको (५ सय कित्ता सान्जेनमा)० र पुर्व सभामुख ओनसरी घर्तीले पनि १ लाख रुपैयाको (१००० कित्ता रसुवागढीमा ) र ५० हजारको (५ सय कित्ता सान्जेनमा)शेयर आवेदन दिइन् ।

रसुवागढीले निर्माणधीन १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको सय रुपैयाँ अंकित १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ६३ हजार १ सय ५० कित्ता सेयर निष्कासन गरेको छ ।

निष्कासन भएको मध्ये ४ लाख १० हजार ५ सय २६ कित्ता कम्पनीका कर्मचारी र ५ लाख १३ हजार १ सय ५७ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी ९३ लाख ३९ हजार ४ सय ६७ कित्ता सेयर सर्वसाधरणको लागि छुट्याएको छ ।

त्यस्तै सान्जेनले ४८ लाख ८२ हजार २ सय ५० कित्ता सेयर सर्वसाधारणको लागि निष्काशन गरेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  १० : ५३ बजे

हत्या आरोपका प्रतिवादी ९ वर्षपछि पक्राउ

काठमाडौं– प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ

छबिसपथिभेराको मत गनिसक्दा एमालेलाई ७ सय १४ मतको अग्रता

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनमा छबिसपथिभेरा गाउँपालिकाको मतगणना सकिएको

मकवानपुरमा डेङ्गु सङ्क्रमित बढ्दै

बागमती– पछिल्लो नौ महिनाको अवधिमा मकवानपुरमा आठ सय ५७ जना

कान्तिलोकपथमा आजदेखि १३ घण्टा यातायात सञ्चालनमा

बागमती– कान्तिलोकपथअन्तर्गत मकवानपुरको हेटौँडा-काठमाडौँ जोड्ने सडक आज बिहानदेखि दैनिक १३

इलाम २ मा डम्बर र सुहाङको मतान्तर २८ मा झर्‍यो

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २