आईपीएल खेल्न सन्दीप भारत जाँदै, दिल्लीको पहिलो रोजाइमा पर्लान् ? | Khabarhub Khabarhub

आईपीएल खेल्न सन्दीप भारत जाँदै, दिल्लीको पहिलो रोजाइमा पर्लान् ?


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न बुधबार भारत जाने भएका छन् ।

मंगलबार काटमाडौंमा पत्रकार सम्मेलन गरी सन्दीप दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न बुधबार बिहान ८ः१५ बजे जेट एयरवेजमार्फत दिल्ली जाने जानकारी दिइएको हो ।

यसअघिको ११ औं संस्करणको आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट डेब्यु गरेका लामिछानेले यो सिजनमा पनि सोही टोलीबाट खेल्नेछन् । तर अहिले दिल्ली डेयरडेभिल्सले टिमको नाम परिवर्तन गरी दिल्ली क्यापिटल्स राखेको छ ।

पत्रकार सम्मेलनमा सन्दीपले दिल्लीलाई जिताउन हरसम्भव प्रयास गर्ने बताए । सन्दीपले आफ्नो टिममा राम्रा खेलाडी भएकाले टोलीले उपाधि उचाल्नेमा आफु आशावादी रहेको बताएका हुन् । उनले दिल्ली बलिङ र ब्याटिङ दुवै पक्षेमा बलियो रहेको दाबी गरे ।

शनिबारबाट शुरु हुन लागेको आईपीएलको उद्घाटन खेलमा साविक विजेता टोली चेन्नाई सुपर किङ्स र रोयल च्यालेन्जर्स  बैंङ्लोरबीचको हुँदैछ । आईपीएलमा सहभागी ८ टोलीले एकअर्कासँग गरी समूह चरणमा १४ खेल खेल्नेछन् ।

यस्तै, सन्दीपको टोली दील्ली क्यापिटल्सले लिगमा १४ खेल खेल्नेछ भने पहिलो खेल मार्च २४ मा मुम्बई इन्डियन्सविरुद्ध मुम्बईकोे घरेलु मैदानमा खेल्नेछ । आईपीएलमा दिल्लीले आफ्नो १४ खेलमध्ये ७ खेल घरेलु मैदानमा र ७ खेल विपक्षीको मैदानमा खेल्नेछ ।

विश्व क्रिकेटका फ्रेन्चाईज लिगमा सर्वाधिक लोकप्रिय आईपीएलमा गएको वर्ष डेब्यु गर्र्दै सन्दीपले दिल्ली क्यापिटल्स (तत्कालीन दिल्ली डेयरडेभिल्स) का लागि तीन खेल खेलेका थिए ।

अघिल्लो सिजनमा तीन खेल मात्रै खेल्ने अवसर पाएका सन्दीपलाई दिल्लीले यो सिजनका लागि रिटेन गरेको हो । सन्दीपलाई यो वर्ष पनि दिल्लीले भारतीय रुपैया २० लाख (३२ लाख नेपाली रुपैयाँ) मा रिटेन गरेको हो ।

सन्दीपको प्रदर्शनका कारण उनको पारिश्रमिक बढ्ने आम अपेक्षा भएपनि गत वर्ष दिल्लीमा अनुबन्धित भएको र क्लबसँगको आपसी सम्झौता अनुसकार उनको पारिश्रमिक बढ्न नसकेको हो ।

त्यसो त गत सिजनमा पनि सन्दीपले डेब्यु प्रतियोगितामा चामत्कारिक प्रदर्शन गरेका थिए । टोलीले अन्तिमतिरका खेलमा सन्दीपलाई ठाउँ दिएको थियो । तीन खेल खेलेका सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिन सफल भएका थिए ।

तर, यो सिजनमा भने सन्दीपलाई सुरुवातीबाट मैदानमा उतार्ने प्रवल सम्भावना दिल्लीले देखाएको छ । उनका हरेक खेललाई दिल्लीले पछ्याउँदै ट्वीटरमार्फत बधाइ दिनुका साथै प्रसंशा गर्दै आएको छ ।  उनले यसै सिजनमा अस्ट्रेलियाको बिग बास लिग, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग लगायतका प्रतियोगिता खेलिसकेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ७ : ४० बजे

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

क्रिकेटर लामिछानेको मुद्दामा आजलाई पेसी

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध