अवैध हतियार नबुझाउनेविरुद्ध मुद्दा चलाउने प्रशासन कार्यालयको चेतावनी | Khabarhub Khabarhub

अवैध हतियार नबुझाउनेविरुद्ध मुद्दा चलाउने प्रशासन कार्यालयको चेतावनी


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– जिल्ला प्रशासन कार्यालय भोजपुरले अवैधरूपमा राखिएका हातहतियार सरकारलाई बुझाउन आदेश गरेको छ । समयावधिभित्र हतियार नबुझाएमा अवैध हातहतियार तथा खरखजनासम्बन्धी प्रचलित मुद्दा चलाउने कार्यालयले जनाएको छ ।

कानूनबमोजिम लिनुपर्ने इजाजत नलिएको, इजाजतपत्र नवीकरण नगराएको, इजाजतपत्र प्राप्त व्यक्तिको मृत्युपश्चात् हकवालको नाममा नामसारी नगराएको वा अन्य व्यक्तिले पनि हातहतियार तथा खरखजना राखेको भएमा तोकिएको समयमै त्यस्ता सामान बुझाउन कार्यालयले सुचना जारी गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले नजिकको प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा अनिवार्यरूपमा विनाअनुमति राखिएका हतियार बुझाउन आग्रह गरे । नेपाल सरकारको फागुन २८ गतेको निर्णयानुसार ३५ दिनभित्र अवैधरूपमा राखिएका हातहतियार सरकारलाई बुझाए कारवाही नगरिने उनले बताए।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ११ : २७ बजे

अग्निीपीडितलाई नगरपालिकाको सहयोग

सिरहा– सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर

के मुख खोलेर सुत्नु खतरनाक हुन्छ ?

काठमाडाैं- हामी धेरैलाई आफ्नो मुख खोलेर सुत्नु ठूलो कुरा हाे जस्तो

कुवेत लगेर मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पुर्‍याएर मानव

मंगोलियाको जंगलमा आगलागी बढ्यो

काठमाडौं– मंगोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा

झलनाथ खनाललाई प्रश्न : एकीकृत समाजवादी पनि फुट्न लागेको हो ?

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनालले