सार्वजनिक भयो सुरक्षा स्टारर ‘आमा’ को ट्रेलर (भिडियो) | Khabarhub Khabarhub

सार्वजनिक भयो सुरक्षा स्टारर ‘आमा’ को ट्रेलर (भिडियो)


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘आमा’ को ट्रेलर सार्वजनिक गरिएको छ । दीपेन्द्र के खनाल निर्देशित यो चलचित्रको ट्रेलर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो ।

ट्रेलरमा आमाको मायालाई भावनात्मक ढंगमा प्रस्तुत गरिएको छ । सुरक्षा पन्त, मिथिला शर्मा, देशभक्त खनाल मनिष निरौला, टीका पहारी, देशभक्त खनाल लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो चलचित्रलाई शर्मिला खनालले निर्माण गरेकी हुन् ।

दीपेन्द्र के खनालको कथा तथा छायांकन रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । ट्रेलर हेर्दा दमदार लाग्छ ।

मध्यमवर्गीय परिवारका एक सदस्य अस्पतालमा भर्ना हुनुपरेपछि लाग्ने शुल्क र त्यसको खोजीमा जुटेको परिवार र परिवारमा आएको विचलनले पारेको प्रभावलाई चलचित्रमा देख्न सकिन्छ ।

डिएस डिजिटलको प्रस्तुतिमा बनेको यो चलचित्र फागुन ९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ६ : १६ बजे

बालुवाटारबाट फर्किए उपेन्द्र, बालकुमारीमा नयाँ रणनीति बनाउँदै

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार