आठबीसकोटका प्रमुख प्रशासकीय र सूचना प्रविधि अधिकृत कुटिए, वडाध्यक्ष पक्राउ | Khabarhub Khabarhub

आठबीसकोटका प्रमुख प्रशासकीय र सूचना प्रविधि अधिकृत कुटिए, वडाध्यक्ष पक्राउ


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम– रुकुम (पश्चिम)को आठविसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि कुटपिट भएको छ । उनीहरुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् ।

आठविसकोट निमित्त प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना तथा प्रविधि अधिकृत गणेश चन्दमाथि बुधबार साँझ कुटपिट भएको थियो। उनीहरुलाई कुटपिट गरेको आरोपमा आठबिसकोट–३ का वडाध्यक्ष केशरमान विक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुमित खड्काका अनुसार, बुधबार कार्यालयको काम सकेर आवासतर्फ फर्कंदै गर्दा केसी र चन्दमाथि कुटपिट भएको हो ।

कुटपिटबाट केसीको टाउँकोमा चोट लागेको छ । उपचारका लागि केसीलाई जिल्ला अस्पताल, मुसिकोट ल्याइएको छ। त्यस्तै, चन्दलाई भने सामान्य चोटपटक लागेको उनले बताए।

निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले उजुरी दिएपछि वडाध्यक्ष विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वडाध्यक्ष विकको योजनामा अन्य व्यक्तिले कुटपिट गरेको उजुरीमा उल्लेख छ। कुटपिटमा संलग्न अन्य युवकको खोजी भइरहेको डीएसपी खड्काले बताए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएपछि नगरपालिकाको कामकाज ठप्प भएको छ । कुटपिट गर्नेहरुमाथि कारबाहीको माग गर्दै आज नगरपालिकाको कामकाज बन्द गरेका छन् । दोषीमाथि कारबाही नहुँदासम्म कामकाज नगर्ने कर्मचारीले बताएका छन्।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  १० : ४७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र