अब यी मोबाइलमा व्हाट्सएप नचल्ने ! | Khabarhub Khabarhub

अब यी मोबाइलमा व्हाट्सएप नचल्ने !


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अबका केही महिनाभित्र व्हाट्सएपले लाखौं मोवाइल फोनमा काम गर्न छोड्ने छ।

व्हाट्सएपले पुराना फोनमा सपोर्ट नदिने निर्णले लाखौ प्रयोगकर्ता प्रभावित हुने भएका छन्। व्हाट्सएपको मालिक कम्पनी फेसवुकले भनेको छ, ‘एक फेब्रुअरीदेखि iOS 8 वा यसको पुरानो भर्सन भएका सबै आइफोन र 2.3.7 या त्यो भन्दा पुरानो भर्सन भएको एन्ड्रोइन डिभाइसमा व्हाट्सएप चल्ने छैन।’

विन्डोजमा चल्ने फोनमा ३१ डिसेम्बरबाट व्हाट्सएप बन्द हुने फेसवुकले जनाएको छ। माइक्रेसफ्टले पनि यो महिनादेखि विन्डोज १० भर्सनमा चल्ने मोवाइल फोनमा सपोर्ट बन्द गर्दैछ।

व्हाट्सएपले आफ्नो वेबसाइटको FAQ सेक्सनमा यस विषयमा जानकारी राखेको छ। ‘पुरानो भर्सनका आइफोन र एन्ड्रोइड फोनमा १ फेब्रुअरी २०२० देखि न नयाँ एकाउन्ट खोल्न सकिने छ, न आफ्नो एकाउन्टको रि- भेरिफाइड गर्न सकिने छ।’

फेसबुकले व्हाट्सएपको २०१४ मा १९ अर्ब डलरमा किनेको थियो। फेसबुकले व्हाट्सएपको म्यासेन्जर र इन्सटाग्रामको साथ इन्ट्रीग्रेट गर्न खोजेको छ।

व्हाट्सएपका अनुसार विश्वभरका १८० भन्दा धेरै देशका १ अर्ब भन्दा धेरै मानिसले यो एप प्रयोग गर्ने गर्छन्।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ७ : ३७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र