ललितपुर महानगरपालिकाका इन्जिनियर १० हजार घुससहित पक्राउ | Khabarhub Khabarhub

ललितपुर महानगरपालिकाका इन्जिनियर १० हजार घुससहित पक्राउ


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरपालिकाको वडा नम्बर २८ का इन्जिनियर महेन्द्र महर्जन घुस रकमसहित पक्राउ परेका छन् ।

सेवाग्राहीको घरको निर्माण सम्पन्न प्रश्चात निर्माण सम्पन्न भएको प्रमाण पत्र दिनका लागि भनेर लिएको १० हजार घुससहित इन्जिनियर महर्जन पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं टंगालस्थित केन्द्रीय कार्यालयबाट खटिएको टोलीले महर्जनलाई घुस रकम लिइसकेको अवस्थामा वडा कार्यालयबाट पक्राउ गरेको हो ।

पक्राउ परेका महर्जनमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ८ : ०५ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले