नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्नेछ– प्रचण्ड | Khabarhub Khabarhub

नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्नेछ– प्रचण्ड


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रशिक्षणका लागि देशव्यापी अभियान शुरु गरिने जनाएका छन् ।  प्रशिक्षणका लागि देशव्यापी अभियान लिएर आफू पनि कार्यकर्ता माझ आउने प्रचण्डको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पश्चिम नवलपरासीद्वारा आज परासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले नेकपाले नै समृद्ध नेपाल निर्माण गर्ने पनि जिकिर गरे ।

उनले भने, ‘वर्तमान सरकारले समृद्धिको आधार तयार पारिसकेको छ, मुलुकमा पूर्वाधार विकास धमाधम भइरहेको छ, यसलाई अझै तीव्रता दिन आवश्यक छ, नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्नेछ ।’

अबको १० वर्षभित्रमा नेपाललाई मध्यम आय भएको देशको रुपमा स्थापित गर्ने उल्लेख गरेका प्रचण्डले भने, ‘अहिले भइरहेका विकासले सन्तुष्टि हुने अवस्था छैन्, अझै गर्नुपर्ने धेरै कुरा छन्, मध्यम आयको देश बनाएपछि विकासलाई अझै तीव्र गतिमा पुर्‍याउनुपर्ने हाम्रो दायित्व छ ।’

 

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ३ : ५१ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन