लामो छ सुस्मिता सेनको 'अफेयर्स' लिस्ट, बिहे नगरी बनेकी छिन् २ बच्चाकी आमा | Khabarhub Khabarhub

लामो छ सुस्मिता सेनको ‘अफेयर्स’ लिस्ट, बिहे नगरी बनेकी छिन् २ बच्चाकी आमा


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडमा यस्ता कलाकारको सूची लामो छ, जसले एकपछि अर्को गर्दै हिट फिल्म दिए र पछि दूरी बढाए ।

यस्तै अभिनेत्रीमा पर्छिन् सुस्मिता सेन पनि । उनले सन् १९९४ मा मिस युनिभर्स जितेर बलिउडमा इन्ट्री गरेकी थिइन् । उनले कैयन् बलिउड सितारासँग काम गरेकी छिन् । तर पछिल्लो समय भने फिल्म क्षेत्रबाट टाढा छिन् ।

सुस्मिता सेनलाई आफ्नो इच्छामा जिउन चाहने नायिकाका रुपमा पनि लिने गरिन्छ । उनी आज ४४ वर्ष पुगेकी छिन् । न त उनले बिहे नै गरेकी छिन् ।

उनी यतिबेला आफूभन्दा १५ वर्ष कान्छा मोडल रोहमन शालसँग अफेअरका कारण चर्चामा छिन् । तर, यो नयाँ कुरा होइन किनकि सुस्मिताको जीवनमा १० भन्दा बढी अफेअर चलेका थिए ।

उनी कैयन् फिल्म हस्तीसँगको प्रेमसम्बन्धका कारण चर्चामा रहिन् । एकपटक उनको नाम निर्देशक विक्रम भट्टसँग पनि जोडिएको थियो । त्यतिबेला विक्रम २७ र सुस्मिता २० मा थिए ।

विक्रम भट्टसँग उनको अफेअरको खुबै चर्चा भयो । यतिसम्म कि विक्रमको आफ्नी पत्नीसँग पनि पारपाचुके भयो । त्यतिबेला विक्रमले आत्महत्या गर्ने कोशिश पनि गरे ।

सुस्मिताको नाम कलाकार रणदीप हुड्डासँग पनि जोडियो । दुवै धेरैपटक एकसाथ देखिए । तर, यी दुईको सम्बन्ध धेरै लामो समय रहन सकेन ।

सुस्मिताको नाम रितिक भसिन, बन्टी सजदेह, संजय नारान, शबीर भाटिया, इम्तियाज खत्री, मुदस्सर अजीज, वसीम अकरम, मानव मेननसँग पनि जोडिएको थियो ।

सुस्मिताले अहिलेसम्म बिहे गरेकी छैनिन् । उनी दुई छोरीकी आमा हुन् । सुस्मिताले कअिअरको शुरुवातमै रेनीलाई छोरीका रुपमा अपनाएकी थिइन् । त्यसको केही वर्षपछि उनले अलिशालाई पनि ‘एडप्ट’ गरेकी थिइन् ।

-एजेन्सी

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १० : ३६ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र