रोमानियाविरुद्ध स्पेनको शानदार जित | Khabarhub Khabarhub

रोमानियाविरुद्ध स्पेनको शानदार जित


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनले युरोकप छनोटको अन्तिम खेलमा शानदार जित हासिल गरेको छ । सोमबार राति भएको खेलमा स्पेनले रोमानियालाई ५–० गोल अन्तरले हराएको हो ।

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै स्पेनले छनोट प्रतियोगिताको अन्त्य गरेको छ । खेलको आठौं मिनेटमा फेबियन रुईजले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए । जेरार्ड मोरिनोले लगातार दुई गोल गर्दै स्पेनलाई ३–० ले अघि बढाए ।

एड्रियन रसले ४५ औ मिनेटमा आत्मघाती गोल गरेपछि स्पेन पहिलो हाफमै ४–० ले अघि बढ्यो । दोस्रो हाफको ईन्जुरी समयमा मिकेल आयारजाबालले गोल गर्दै स्पेनलाई प्रभावशाली जित दिलाए । समूह एफको खेलमा स्पेन र स्विडेनले युरोकपमा छनोट भईसकेका छन् ।

स्पेनले १० खेलबाट २६ अंक र समूह उपविजेता स्विडेनले २१ अंक बटुले । रोमानिया १४ अंक सहित चौथो स्थानमा रह्यो ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ६ : ०४ बजे

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ