‘हिजोआजका कुरा’ बन्ने, केकी, रीमा र ऋचाको इन्ट्री ! | Khabarhub Khabarhub

‘हिजोआजका कुरा’ बन्ने, केकी, रीमा र ऋचाको इन्ट्री !


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डेढ दशकअघि नेपाल टेलिभिजनबाट प्रसारित लोकप्रिय हास्यटेलिचलचित्र ‘हिजोआजका कुरा’ ले सन्तोष पन्तलाई चर्चित बनायो । पछिल्लो समय सन्तोष पन्त खासै सक्रिय छैनन् । यतिबेला भने सोही नाममा चलचित्र निर्माण गर्ने घोषणा गरिएको छ ।

शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘हिजोआजका कुरा’ निर्माणको आधिकारिक घोषणा गरियो । यो चलचित्रलाई सन्तोष पन्तका छोरा साकार पन्तले निर्देशन गर्ने भएका छन् ।

निर्माण टिमले दिएको जानकारी अनुसार यो चलचित्र तिहारपछि फ्लोरमा जानेछ । निर्देशक साकार पन्तका साकार पन्तका अनुसार चलचित्रले काठमाडौंका चार परिवारको कथा पेश गर्नेछ । विदेश जान खोज्ने चार परिवारको कथा उनिएको यो चलचित्रलाई सन्तोष पन्त र साकार पन्तले लेखेका हुन् । पटकथामा भने चलचित्रलाई सन्दीप किस्नाले तयार पारेका हुन् ।

चलचित्रमा सन्तोष पन्त र रमा थपलियाको शीर्ष भूमिका रहनेछ भने अभिनेत्री केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी लगायतका कलाकारले समेत अभिनय गर्नेछन् । यस्तै चलचित्रमा विनायक कुइँकेल र अनुष्का घिमिरेको डेब्यु रहनेछ भने रवि सायमीको छायांकन, हर्कुलस बस्नेतको संगीत रहनेछ ।

चलचित्रको नाम ‘हिजोआजका कुरा’ भए पनि यो पहिलेको श्रृङ्खलासँग सम्बन्धित नभएको निर्माण टिमले बतायो । यही नामले आफ्नो ब्राण्डलाई चिनाएकाले यो नाम लिइएको निर्देशकले बताए । निर्माण टिमको दाबीअनुसार यो शीर्षक चलचित्रको कथाअनुसार सुहाउँदो पनि छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ९ : ०४ बजे

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको

राष्ट्रपतिकहाँ काठमाडौं उपत्यकाका जनप्रतिनिधि, सुनिता जाँदा गएनन् बालेन्द्र

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र

आजका समाचार : अशोक राईको पार्टी दर्तादेखि एकीकृत समाजवादीले सरकार नछाड्नेसम्म

सभामुखबाट मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान सभामुखले देवराज घिमिरेले

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा