विमानस्थल तोडफोडमा संलग्न सांसद साह साधारण तारेखमा रिहा | Khabarhub Khabarhub

विमानस्थल तोडफोडमा संलग्न सांसद साह साधारण तारेखमा रिहा


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर–विमानस्थल तोडफोडमा संलग्न भएको आरोप लागेका प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन् ।

जिल्ला अदालत धनुषाका न्यायाधीश मुक्त नारायण अर्यालको एकल इजलासले साहलाई साधारण तारेखमा छोड्न आदेश दिएका हुन् ।

यसअघि शाह विरुद्ध जनकपुर विमानस्थलले विमानस्थलमा तोडफोड गरेको आरोपमा प्रहरीमा उजुरी गरेको थियो ।

सोमबार विमान उडानमा ढिलाइ भएको भन्दै शाहले जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए ।
मंगलवार साहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

चार दिनको समय सकिएसँगै शुक्रवार अदालत पेश गरिएका साहको थुनछेक वहसपछि न्यायाधीश अर्यालको इजलासले साधारण तारेखमा छोड्न आदेश दिएको हो ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  २ : १६ बजे

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति

एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं– नेपाल स्टक एक्जेञ्ज (नेप्से) पछिल्लो सातामा ३३।०३ अंकले बढेको

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान

काठमाडौं- सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । मन्त्रिपरिषद्को

राष्ट्रसंघकी सहायक महासचिवद्वारा प्रधानमन्त्रीसँग भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं