पाँचौं विवाहलाई लिएर जेनिफर चर्चामा ! | Khabarhub Khabarhub

पाँचौं विवाहलाई लिएर जेनिफर चर्चामा !


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी गायिका तथा अभिनेत्री जेनिफर लोपेज विभिन्न काण्डले चर्चामा आइरहन्छिन् । कहिले तस्वीर काण्डका कारण त कहिले विवाहको विषयलाई लिएर । हालै उनी पाँचौ विवाहको विषयलाई लिएर चर्चामा छिन् ।

केही समय पहिले इन्स्टाग्राममा अपलोड गरेको तस्वीरलाई लिएर उनीमाथि कपीराइटको मुद्दा लागेको थियो । एक फोटो एजेन्सीले अनुमतिविना आफ्नो प्रमिकाको तस्वीर इन्टामा राखेको आरोप लगाउँदै एक जनाले डेढ लाख अमेरिकी डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दर्ता गरेको हो ।

जेनिफरले त्यो तस्वीर दुई वर्ष पहिले इन्सटाको स्टोरीमा राखेकी थिइन् । त्यसपछि उनीमाथि विनाअनुमति तस्वीर प्रयोग गरेको आरोप लागाइएको थियो ।

केही दिन पहिले जेनिफरले बताएकी थिइन आफूलाई ल्याटिन मूलकी भएका कारण धेरै भूमिकाबाट समेत बन्चित गराइन्थ्यो । ३० वर्ष पहिले उनलाई भनिन्थ्यो तिमी ल्याटिन हौ । तिमीले नोकरानीको भूमिका निभाउनुपर्छ ।

लोपेज अहिले रिटायर्ड बेसबल खेलाडी एलेक्स रोड्रिगेजसँगको सम्बन्धमा छिन् । दुई वर्षसम्म डेटिङ गरेर उनीहरुबीच हालै इन्गेज्मेन्ट समेत भइसकेको छ ।

जेनिफरले १९९७ मो ओजनी नोआसँग विवाह गरेकी थिइन । ओजनी नोआसँगको सम्बन्धविच्छेदपछि जेनिफले क्रिस जुडसँग विवाह गरिन । २००२ मा उनले एफ्लेकसँग विवाह गरेकी थिइन । दुई वर्षपछि उनीसँग पनि सम्बन्ध विच्छेद भएको थियो । त्यसपछि २००४ मा उनले पुराना साथी मार्क एन्थनीसँग विवाह गरेकी थिइन ।

अहिले एलेक्ससँग सम्बन्धमा रहेकी उनको विवाहको डेट भने फिस्क भएको छन् । एलेक्ससँग विवाह भएमा उनको यो पाँचौ विवाह हुनेछ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  १० : ४० बजे

ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट 

ढोरपाटन– बागलुङको मध्य भागमा पर्छ गलकोट नगरपालिका । समथर भू-भागदेखि

अमेरिकी विश्वविद्यालयहरुमा इजरायलविरोधी प्रदर्शन

काठमाडौं– अमेरिकी विश्वविद्यालयहरूमा प्यालेस्टाइन समर्थक प्रदर्शनको बीचमा कोलम्बिया विश्वविद्यालयमा तनाव

कपिलवस्तुमा श्रीमान्-श्रीमती मृत फेला

कपिलवस्तु– कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर–८ ढोडेकोलमा श्रीमान्–श्रीमती मृत फेला

आगलागीबाट दुई करोड २६ लाखको क्षति

धुलिखेल– काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-४ स्थित सानोपोटा गाउँमा मङ्गलबार दिउँसो भएको

श्रमिकका अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकका लागि सरकारले लागू गरेको