पहाडी भूभागमा आज क्षणिक वर्षाको सम्भावना (३ दिनको पूर्वानुमानसहित) | Khabarhub Khabarhub

पहाडी भूभागमा आज क्षणिक वर्षाको सम्भावना (३ दिनको पूर्वानुमानसहित)


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले आज मुलुकभरको सामान्यतया मौसम सफा रहने पूर्वानुमान गरेको छ ।

पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक बदली रही पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली तथा मध्य र पुर्वको पहाडमा आंशिक बदलि भएको छ । बांकी भु–भागमा सामान्यतया सफा रहेको छ ।

तीन दिनको मौसमको पूर्वानुमान

कार्तिक ०१ गते (शुक्रबार)

दिउँसोः देशको पश्चिमी भूभाग लगायत मध्य तथा पुर्वी पहाडी भु–भागमा आंशिक बदली रही पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ। बांकी भु–भागमा मौसम सामान्यया सफा रहनेछ ।

रातिः देशको पूर्वी भूभाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही पुर्वी पहाडका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ। बांकि भूभागमा मौसम सामान्यया सफा रहनेछ ।

कार्तिक ०२ गते (शनिबार)

दिउँसोः देशभरी आंशिक बदली रही अपरान्ह पछि पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातिः देशको पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

कार्तिक ०३ गते (आइतबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदलि रही देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानमा र पश्चिमका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ७ : ५४ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला