गाडीमा यौन दुर्व्यवहार गरेको आरोप लागेका पूर्व सांसद धरौटीमा रिहा | Khabarhub Khabarhub

गाडीमा यौन दुर्व्यवहार गरेको आरोप लागेका पूर्व सांसद धरौटीमा रिहा


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक यातायातमा महिला (युवती)माथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पूर्व सांसद  ( तत्कालीन संविधासभा सदस्य) योगेन्द्र घिसिङ धरौटीमा रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालयको थुनछेक आदेशानुसार पूर्व सभासद घिसिङ ५ हजार घरौटीमा रिहा भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख (प्रमुख जिल्ला अधिकारी) भागिरथ पाण्डेको सोमबारको इजलाशले पूर्व सांसद घिसिङलाई ५ हजार धरौटी माग गरेको हो ।

एक युवतीले सार्वजनिक यातायातमा घिसिङले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै घिसिङविरुद्ध महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दर्ता गरेकी थिइन् ।

पीडित पक्षको उजुरीका आधारमा घिसिङ भदौ २३ गते पक्राउ परेका थिए । प्रहरीले घिसिङविरुद्ध अभद्र व्यवहारको कसुरअन्तर्गत मुद्दा चलाएको थियो ।

जिल्ला प्रशासन कार्यालयले थुनछेक आदेशमा ५ हजार धरौटीमा रिहा गरी तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले जानकारी दिए ।

घिसिङ तत्कालीन एकीकृत नेकपा माओवादीबाट २०७० सालको संविधानसभामा समानुपातिक तर्फका सदस्य थिए ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  १ : १५ बजे

बझाङ उपनिर्वाचन : छबिसपाथिभेराको वडा १ बाट मत गन्न थालियो

बझाङ– बझाङको मतगणना छबिसपाथिभेरा गाउँपालिकाबाट सुरु भएको छ । मुख्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टापछि उडान 

काठमाडौं – प्रतिकुल मौसम कारण बिहानैदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाडौं -वेस्ट इन्डिज ए ले नेपाललाई १६१ रनको लक्ष्य दिएको

शंखमूलमा भएको आगलागी नियन्त्रणमा 

काठमाडौं– काठमाडौंको शंखमुलमा भएको आगलागी नियन्त्रणमा आएको छ । शंखमुलस्थित

लगानी सम्मेलन : भारत र मलेसियाका निजी क्षेत्रसँग दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं- काठमाडौंमा आइतबार सुरु भएको तेस्रो लगानी सम्मेलनमा निजी क्षेत्रबीच