पहिरोले पुरिएर बालकको मृत्यु | Khabarhub Khabarhub

पहिरोले पुरिएर बालकको मृत्यु


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- अविरल वर्षापछि गएको पहिरोमा परी एक बालकको मृत्यु भएको छ । पहिरोले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा रहेको पसल पुर्दा बालकको मृत्यु भएको हो ।

बुधबार बिहान ६ बजे पसलमाथिबाट पहिरो खस्दा पुरिएर मण्डन देउपुर नपा–११ जैसिथोकका तेजबहादुर तामाङका चार वर्षीय छोरा दिपेशको मृत्यु भएको हो । बालकको बुबा बाहिर निस्केको र आमा शौचालय गएको बेला पहिरो खसेर पसल पुरिएको हो ।

घटनालगत्तै स्काभेटरको सहायताले स्थानीय तथा सुरक्षाकर्मीले पसलभित्र फसेका बालकको खोजी गरेका थिए । बिहान ७ बजेदेखि पहिरो पन्छाउँदा ११ बजे बालकको शव फेलापरेको वडाध्यक्ष सुन्दर लामाले जानकारी दिए ।

लामाका अनुसार जैसिथोक स्थायी घर भएका तामाङको परिवार पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा एकतले कच्ची घरमा पसल सञ्चालन गर्दै आएका थिए ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  १ : २० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र