क्युट उपासना (फोटो फिचर) | Khabarhub Khabarhub

क्युट उपासना (फोटो फिचर)


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चलचित्र ‘क्याप्टेन’ बाट नेपाली फिल्म उद्योगमा डेब्यु गरेकी अभिनेत्री उपासना सिंह ठकुरी पछिल्लो समय चर्चामा छिन् । उनले अभिनय गरेको दोस्रो चलचित्र ‘कबड्डी ३’ प्रदर्शनका क्रममा छ । उक्त फिल्ममा उपासनालाई दयाहाङ राईको अपोजिटमा देख्न पाइनेछ ।

दुई फिल्ममा अभिनय गरेर हजारौं फ्यान कमाएकी उपासनाले यो चलचित्रमा काम गर्न पाउँदा धेरै कुरा सिक्ने अवसर पाएको बताउँछिन् । उनी भन्छिन् – ‘कबड्डी ३’ मा काम गर्दा मैले धेरै कुरा सिक्ने अवसर पाएँ । अभिनय निखार्ने मौका पाएँ ।

आफू सौगात मल्लको प्रशंसक भएको बताउने उपासनाले ‘कबड्डी ३’ बाट अफर आएपछि निर्देशक रामबाबु गुरुङलाई पनि यो फिल्ममा सौगात मल्ल हुनुहुन्छ कि हुनुहुन्न भनेर सोधेको बताउँछिन् ।

आफ्नो सुन्दरताका कारण फ्यानको दिल जितेकी उपासना ‘कबड्डी ३’ बाट पनि उत्तिकै आशावादी छिन् । चलचित्र ‘क्याप्टेन’ मा पनि उनले निभाएको भूमिकामा तारिफ पाएकी उपासना सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् ।

तस्वीरहरू: अदिप श्रेष्ठ

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  १ : ११ बजे

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।