किन पत्तासाफ भयो सनी लियोनीलाई नचाइएको फिल्म 'पासवर्ड'? | Khabarhub Khabarhub

किन पत्तासाफ भयो सनी लियोनीलाई नचाइएको फिल्म ‘पासवर्ड’?


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउडमा सर्वाधिक धेरै खोजी गरिने नायिका तथा पूर्वपोर्नस्टार सनी लियोनीले आइटम डान्स गरेको फिल्म भनेर चर्चामा आएको फिल्म ‘पासवर्ड’ बक्स अफिसमा नराम्रोसँग चिप्लियो । यो फिल्म रिलिजको दुई दिनमै पत्तासफ भइसकेको थियो । जबकि, फिल्मको प्रिमियर ठूलो तामझामका साथ गरिएको थियो ।

फिल्मकै प्रचारका लागि सनी लियोनी नेपाल आउने भएपछि सनीको त चर्चा चल्यो । तर, फिल्मको चर्चा चलेन । न त फिल्मका अन्य कलाकारको नै चर्चा भयो । सनी लियोनीले नेपाली फिल्ममा आइटम डान्स गरेको भन्नेबाहेक अरु कुनै चर्चा भएन । फिल्म पनि असफल भयो ।

खबरलाई आधार मान्ने हो भने सनी लियोनीलाई अभिनय गराउन फिल्म युनिटले झण्डै २ करोड खर्चेको थियो । तर, सनी लियोनीलाई यो फिल्म खेलाउनु पनि बालुवामा पानी खन्याएजस्तै भयो । प्रिमियरमै फिल्म हेरेका दर्शकले पनि यो फिल्म हेरेर गाली गरे ।

तामझाम र हल्लाखल्लाले फिल्म चल्ने भए शायदै नेपाली फिल्म फ्लप हुने थिएनन् । ‘पासवर्ड’ मा बलिउड सेलिब्रेटीलाई ल्याएर अभिनय त गराइयो तर फिल्मको कथा र अन्य संरचना निकै अस्तव्यस्त हुँदा फिल्म फ्लप भयो । गीत मात्र हेर्न दर्शक हलसम्म जाने भए उक्त गीत दर्शकले पहिले नै युट्युबमा हेरिसकेका थिए ।

यस्तै हालत चलचित्र ‘द म्यान फ्रम काठमाडौं’ को पनि भएको थियो । यो फिल्ममा पनि विदेशी कलाकारले अभिनय गरेका थिए । तर, फिल्मका कथा नै कमजोर हुँदा पूर्ण रुपमा असफल भयो ।

फिल्ममेकरले फिल्म नै राम्रो बनेन भने जुन कलाकार लिए पनि दर्शक हलसम्म तान्न सक्दैन भन्ने बुझ्न नसक्दा निर्माताको लगानी बालुवामा बनाएको घरजस्तो भएको छ ।

त्यसो त ‘पासवर्ड’ का निर्माताले सनी लियोनीलाई लिड रोलमा लिएर अर्को फिल्म पनि निर्माण गर्ने घोषणा गरेका छन् । तर, उनको घोषणाअनुसार फिल्म बन्ला या नबन्ला त्यो हेर्न बाँकी छ । यदि बन्यो भने पनि कस्तो फिल्म बन्ला? सनीलाई अभिनय गराउँदैमा फिल्म हिट हुने भन्ने पनि त पक्कै होइन ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  १२ : १७ बजे

मन्त्रिपरिषद् बैठक : संसद् आह्वान, डढेलो निभाउन सबै शक्ति लगाउने

सरकारले सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र

भारतको कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

नयाँदिल्ली– उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति