यात्रीलाई कुरुप भन्ने विमानस्थल कर्मचारीको जागिर गयो | Khabarhub Khabarhub

यात्रीलाई कुरुप भन्ने विमानस्थल कर्मचारीको जागिर गयो


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– अमेरिकाको न्यूयोर्कस्थित ग्रेटर रोचेष्टर अन्तर्राष्ट्रिय विमानस्थलकी सुरक्षा कर्मचारीले एक यात्रीलाई कुरुप लेखेको पत्र दिएपछि उनको जागिर गएको छ । विमानस्थलको प्रशासनले यात्रीलाई कुरुप भन्ने महिला सुरक्षा कर्मचारीलाई जागिरबाट बर्खास्त गरेको हो ।

गत जुन महिनामा विमानस्थलकी महिला सुरक्षा कर्मचारीले ४० वर्षे यात्री निल स्ट्रास्नरलाई मेटल डिटेक्टर जाँच गर्ने क्रममा एउटा पत्र दिएकी थिइन् । उनले सुरक्षा जाँच गरिसकेपछि केही टाढा पुगिसकेका थिए ।

त्यसपछि ती महिला सुरक्षा कर्मचारीले चिच्याएर उनलाई त्यो पत्र हेर्न भनेकी थिइन् । त्यो पत्र खोलेर हेर्दा त त्यहाँ ‘यू अग्ली’ अर्थात् तिमी कुरुप लेखिएको थियो । त्यो पढेर लाजले भुतुक्क भएका यात्रीलाई देखेर ती कर्मचारी भने मरीमरी हाँसेकी थिइन् ।

सुरक्षा कर्मचारीको यस्तो व्यवहारपछि स्ट्राटनरले विमानस्थल प्रशासनलाई त्यसबारे उजुरी गरेका थिए । त्यसपछि विमानस्थलले ती कर्मचारी महिलालाई बर्खास्त गरेको जनाइएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ८ : ४५ बजे

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत आपूर्ति बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको