‘हजार जुनीसम्म’ को गीत: प्रियंकाको मायामा हराए आर्यन | Khabarhub Khabarhub

‘हजार जुनीसम्म’ को गीत: प्रियंकाको मायामा हराए आर्यन


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आर्यन सिग्देल र प्रियंका कार्की फिचरिङ गीत ‘सत्य सत्य’ बोलको गीत सार्वजनिक भएको छ । फिल्म ‘हजार जुनीसम्म’ मा समावेश यो गीतमा आर्यन र प्रियंकालाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

यसअघि निर्माण टिमले प्रियंकालाई फिल्मको कुनै पनि कन्टेन्टमा सार्वजनिक गरेको थिएन । फिल्म रिलिज भएपछि मात्रै यो गीत प्रियंकालाई गीतमार्फत सार्वजनिक गरेको हो । गीतमा सुगम पोखरेलको संगीत सुन्न सकिन्छ भने मानस विक्रम थापाले शब्द सिर्जना गरेका हुन् । यस्तै गीतमा प्रविण पौडेलको संगीत छ ।

हलमा रिलिज भइरहेको यो फिल्मले दर्शकबाट औसत प्रतिक्रिया पाएको छ । फिल्मलाई विकास राज आचार्यले निर्देशन गरेका हुन् । आर्यन र प्रियंकाका अलावा, अखिलेश प्रधान, सलोन बस्नेत, स्वस्तिमा खड्का लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्मको रिलिजअघि राम्रै चर्चामा थियो ।

रिलिजपछि भने फिल्मले खासै सफलता पाउन सकेन ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ६ : २४ बजे

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको