भारतमा वर्षा र बाढीको ताण्डव | Khabarhub Khabarhub

भारतमा वर्षा र बाढीको ताण्डव


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको अधिकांश स्थानमा शनिबारदेखिको भारी वर्षा आइतबार पनि जारी छ । भारी वर्षासँगैको बाढी र पहिरोका कारण भारतभर सयौंको ज्यान गइसकेको छ ।

भारतको मौसम पूर्वानुमान विभागले हिमाचल प्रदेश, चण्डिगढ, गुजरात, हरियाणा, उत्तरप्रदेश, राजधानी दिल्ली, पञ्जाब, उडिशा, झारखण्ड, बिहार, छत्तिसगढ, तामिलनाडू, पोण्डिचेरी, पश्चिम बंगाल, उत्तराखण्डलगायतका अधिकांश स्थानमा आइतबार पनि भारी वर्षा हुने जनाएको छ ।

शनिबारको भारी वर्षाका कारण भारतका नदिनालाहरुको तीब्रता बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हिमाचल प्रदेशको मंडी जिल्लामा बाढीले ४ महिनाअघि निर्माण सम्पन्न गरिएको पुल भत्काएको छ भने उत्तरी भारतका ठाउँठाउँमा पहिरो गएको छ ।

बाढी र पहिरोका कारण उत्तरी भारतका पहाडी राज्यहरुमा सडक सञ्चार तथा विद्युत सेवा अवरुद्ध भएको छ । शनिबार उत्तरी राज्य जम्मू कश्मीरमा सरदर ८ इन्च वर्षा भएको थियो ।

त्यस्तै, पश्चिमी भारतका नदीहरुले पनि खतराको सीमा पार गरेका छन् । पञ्जावको सत्लज नदिको जलस्तर पनि धेरै नै बढेको बताइएको छ । राजस्थान र गुजरातमा पनि भारी वर्षाका कारण डुबानमा परेका छन् ।

त्यस्तै, दक्षिण भारतमा पनि बाढीको स्तर उच्च छ । आन्ध्र प्रदेशका कृष्णा नदीको वहाव बढेका कारण त्यस क्षेत्रका धेरै गाउँहरु डुबानमा परेको र कैयौं गाउँहरु खाली गराइएको छ ।

यो वर्षको मनसुनमा भारतमा अहिलेसम्म २ सय ६९ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ३ : ३८ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम