अस्करका लागि नेपाली फिल्म छानिदै | Khabarhub Khabarhub

अस्करका लागि नेपाली फिल्म छानिदै


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०२० फेब्रुअरी ९ मा हुने ९२ ‌औं अस्कर अवार्डमा सहभागी हुन नेपाली फिल्ममेकरलाई पनि आवेदन आह्वान गरिएको छ । अन्तर्राष्ट्रिय फिचर चलचित्र समिति नेपालले अस्करका लागि फिल्म बुझाउन आह्वान गरेको हो ।

अवार्डमा सहभागी हुन चाहने नेपाली फिल्म निर्माता तथा निर्देशकले आफ्नो फिल्म यही अगस्ट ३० अर्थात नेपाली मितिअनुसार यही भदौ १३ गते शुक्रबार दिउँसो २ बजेसम्म बुझाई सक्नुपर्ने छनोट समितिले जनाएको छ ।

प्रतिस्पर्धामा भाग लिन चाहने मेकरले वि.सं. २०७५ असोज १५ गतेदेखि २०७६ साल भदौ १३ गतेसम्म प्रदर्शनमा आएका फिल्म सहभागी गराउन सक्नेछन् ।

फिल्ममेकरले आफ्ना फिल्म अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल), काठमाडौंमा बुझाउन वा इमेल गर्न सकिनेछ ।

दरखास्तका साथमा निम्न कागजात र तिनका सफ्ट कपीसमेत संलग्ग्न गर्नुपर्ने:

– निर्देशक, निर्माता, कलाकार आदिका साथै सबै प्राविधिकहरूको नामावली (क्रेडिट टाइटल्स् पर्दामा देखिने क्रममा)

– अंग्रेजी भाषामा लेखिएको फिल्मको संक्षिप्त सारांश

– निर्देशकको फिल्मोग्राफी

– फिल्म प्रदर्शन गराउँदा उक्त फिल्म सात दिनभन्दा बढी चलचित्रघरमा सार्वजनिक प्रदर्शन भएको प्रमाणित गर्ने समाचार तथा सञ्चार माध्यमहरूमा छापिएका विज्ञापनका कटिङहरू

– सम्बन्धित फिल्मका ३ देखि ५ वटा स्थिर फोटाहरू

– निर्देशकको फोटो

– फिल्म रिलिज हुँदाको पोस्टर

– फिल्मको डिजिटल कपी

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  २ : १९ बजे

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै

आजको मौसम : केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार