लोकतन्त्रमा दमन नहुने भएकाले राजावादीहरुले खुलेआम गतिविधि गर्न पाएका छन्– प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

लोकतन्त्रमा दमन नहुने भएकाले राजावादीहरुले खुलेआम गतिविधि गर्न पाएका छन्– प्रधानमन्त्री ओली


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीलाई कमजोर पार्न सकिन्छ भन्ने तत्वहरु सक्रिय भएको भन्दै सजग हुन जरुरी रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुरानो व्यवस्था (राजतन्त्र)का पक्षधरहरु लोकतन्त्रलाई कमजोर पार्न सक्रिय रहेको बताए ।

‘पुरानो प्रणालीका पक्षधरहरु पनि यो देशमा छन्, लोकतान्त्रिक प्रणाली दमनकारी नभएका कारण पुरानो प्रणालीका पक्षधरहरुले खुलेआम गतिविधि गर्न पाएका छन्,’ ओलीले भने, ‘तर यो सुन्दर प्रणालि अघि बढ्दा यो अभ्यास परिपक्व र पूर्णता गर्न नपाउँदै यसलाई कसरी कमजोर पार्न सकिन्छ भन्ने तत्वहरु पनि छन्, हामी सजग हुन जरुरी छ ।’

प्रधानमन्त्री ओलीले अहिलेको लोकतान्त्रिक व्यवस्था सबैभन्दा उत्कृष्ट व्यवस्था भएको उल्लेख गर्दै यसबाट जनताले अधिकतम लाभ प्राप्त गर्ने गरी काम गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ११ : ३५ बजे

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन