एसइईको ग्रेडवृद्धि परीक्षा शुरु | Khabarhub Khabarhub

एसइईको ग्रेडवृद्धि परीक्षा शुरु


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड बृद्धि) परीक्षा आइतबारदेखि शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज बिहान ८ बजेबाट देशभरका ३०४ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरु गरेको छ ।

परीक्षामा करीब एक लाख ५० हजार परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । आइतबार पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भएको छ । सबैभन्दा धेरै गणित विषयमा एक लाख ५० हजार विद्यार्थी र त्यसपछि विज्ञान र अङ्ग्रेजी विषयमा परीक्षार्थीको सहभागिता रहने शर्माले जानकारी दिए ।

गत असार १२ गते सार्वजनिक गरेको एसइईको नतिजामा ‘सी’ वा ‘सी’भन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेको विषयमा ग्रेडवृद्धि गर्न पाउने व्यवस्था गरेपछि यस वर्ष परीक्षार्थीको सङ्ख्या बढेको थियो । परीक्षा यही भदौ ११ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ११ : २४ बजे

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार