नेकपा नेताको टिप्पणी- भगवान पशुपतिले जोगाउन नसकेको कांग्रेसलाई गायक पशुपतिले रक्षा गरुन् ! | Khabarhub Khabarhub

नेकपा नेताको टिप्पणी- भगवान पशुपतिले जोगाउन नसकेको कांग्रेसलाई गायक पशुपतिले रक्षा गरुन् !


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक पशुपति शर्माले आफ्ना सरकार विरुद्ध नियोजित रुपमा गीत गाएको आरोप नेकपा सांसदले लगाएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा नेकपा सांसद झपटबहादुर रावलले नेपाली कांग्रेस नेतृत्वको सरकारका बेला ‘मलाई जापान पनि यही’ बोलको गीत गाएको र अहिलेको सरकारलाई यमराज, कुकुरको संज्ञा दिएको भन्दै आपत्ति जनाएका छन् । गायक शर्माले जनगायन गरेको भन्दै नेपाली कांग्रेसका सांसद अमरेशले २५ हजार नगद दिने घोषणा गरेपछि यो कुरालाई पुष्टि गरेको नेकपा सांसद रावलको भनाइ थियो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको रक्षा भगवान पशुपतिनाथले गर्न नसकेको भन्दै सांसद रावलले अब गायक पशुपतिले गरुन् भन्दै कामना गरे ।
‘सरकारले यो गीतलाई कुनै पनि प्रतिवन्ध लगाएको छैन’ सांसद रावलले भने,‘भगवान पशुपतिले जोगाउन नसकेको प्रतिपक्षीलाई गायक पशुपतिले रक्षा गरुन् ।’

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  २ : ४० बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै , विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

 काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव