बुद्धको मूर्ति तोडफोड धार्मिक सद्भाव खल्बलाउने कुकृत्यः बौद्ध महासंघ | Khabarhub Khabarhub

बुद्धको मूर्ति तोडफोड धार्मिक सद्भाव खल्बलाउने कुकृत्यः बौद्ध महासंघ


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- नेपाल बौद्ध महासंघले रूपन्देहीको तिलोत्तमा नगरपालिका– ६ स्थित बुटवल बेलहिया सडक खण्डको ६ लेन सडकको डिभाइडरमा राखिएका बुद्धका मूर्ति तोडफोड गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विश्व शान्तिको प्रतीक बुद्धको मूर्ति तोडफोड गरी मूलकमा अशान्ति निम्त्याउने धार्मिक सद्भाव खल्बलाउने कुकार्यले कसैको हित नहुने भन्दै महासंघले विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘यस प्रकारको निन्दनीय कार्य गर्ने, गराउनेहरूलाई अविलम्ब पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न नेपाल सरकार समक्ष जोरदार माग गर्दछौं । साथै धार्मिक सहिष्णुता र सामाजिक सद्भाव खलबलाउने कार्यमा नलाग्न तथा यस्ता कार्यलाई निरुत्साहित गर्न समस्त नेपालीहरूमा हार्दिक अपिल गर्दछौं ।’

बिहीवार विहान मूर्ति तोडफोड अवस्थामा फेला परेको तिलोत्तमा नगरपालिकाका मेयरका बासुदेव घिमिरेले बताए । मेयर घिमिरेका अनुसार मूर्ति तोडफोड गर्नेहरुको खोजी भइरहेको जनाए ।

‘धर्ममाथिको आक्रमण जस्तो देखिएको छ, बुद्धको मूर्ति यहाँको पहिचान झल्काउनका लागि राखिएको थियो’ उनले भने ,’पहिचान मेटाउने कुत्सित मनसाय भएकाले घटना घटाएको हुन सक्छ।’

रुपन्देहीको सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयामिलसम्म रहेका ५ वटा बुद्धमूर्ति तोडफोड भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । गौतम वुद्धको जन्म स्थान लुम्बिनीको झल्को दिन भन्दै गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा ६ वटा बुद्ध मुर्ति स्थापना गरेको थियो । जसमध्ये पाँच मुर्तिमा क्षति पुगेको छ ।

एउटा मूर्ति राख्नका लागि ५० देखि ६० हजार खर्च भएको र ६ वटा मूर्ति राखिएको मेयर घिमिरेले खबरहबलाई जानकारी दिए ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ६ : ०२ बजे

अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त

काबुल– हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७०

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको

टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ‘ए’ टिम

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ टिम अभ्यासमा जुटेको छ । शनिबारदेखि

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर

काठमाडौं– हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेटर सार्वजनिक गरिएको

सुदूरपश्चिममा आयातित औलोका बिरामी बढी

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै