सुरक्षाको ‘घर’ ले दर्शक तर्साउला ? | Khabarhub Khabarhub

सुरक्षाको ‘घर’ ले दर्शक तर्साउला ?


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका सुरक्षा पन्तले अभिनय गरेका फिल्मले खासै कमालको व्यापार गर्न सकेनन् । पछिल्लो उनी अभिनित फिल्म ‘गोपी’ ले बक्स अफिसमा व्यापार गर्न सकेन । फिल्मले समीक्षा पनि राम्रो पाएन ।

सुरक्षा अभिनित फिल्म ‘घर’ आउँदो शुक्रबार (भोलि) देखि प्रदर्शनमा आउँदैछ । तर, फिल्मले दर्शकमाझ चर्चा कमाउन सकेको छैन । औसत हाइप बनाएको यो फिल्ममा अर्पण थापा, सुरक्षा पन्त, वेनिषा हमाल, अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन लगायतका कलाकारको समेत अभिनय देख्न सकिनेछ ।

अर्पण थापाको लेखन तथा निर्देशन रहेको यो फिल्मले हलसम्म दर्शक तान्ला ? पूर्वानुमान गर्ने हो भने फिल्मले हलमा दर्शक तान्ने कुनै छनक ल्याएको छैन । यसअघि रिलिज भएका प्रेम दिवस, सानो मन लगायतका चलचित्र पनि यसरी नै आउँदै हराउँदै गरेका थिए । त्यसो त नेपालमा कमेडी जानराका चलचित्रबाहेक अरु चलचित्र चल्न सकस परिरहेको छ यतिबेला ।

रिलिजअघि खासै चर्चा कमाउन नसकेको यो फिल्मले दर्शकबाट कस्तो प्रतिक्रिया पाउने हो, त्यसका लागि त केही दिन कुर्नुपर्ला । यद्यपि नेपाली फिल्मका दर्शक र हरर फिल्म मन पराउने दर्शकले भने यो फिल्म मन पराउने आँकलन गरिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  १ : ०४ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन