विप्लवका कार्यकर्ताले भने–सरकारभन्दा पार्टीबाट असुरक्षा | Khabarhub Khabarhub

विप्लवका कार्यकर्ताले भने–सरकारभन्दा पार्टीबाट असुरक्षा


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग सरकारले वार्ता प्रक्रिया अघि बढाएको छ । नेताहरुले विप्लवसँगको वार्तालाई निर्णायक बनाउन सुझाव पनि दिएका छन् । यसअघि गठन गरिएको उच्चस्तरीय राजनीतिक वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले नै विप्लवसँगको वार्ताको समन्वय र प्रयास गरिरहेका छन् ।

बाँके, पाल्पालगायतका जिल्लामा पुगेका उनले विप्लवका शीर्ष नेताहरुसँग छलफल गरेका छन् भने काभ्रेमा भएको छलफलबाट वार्ता प्रक्रियामा समस्याको समाधान खोजिने अनौपचारिक सहमति भएको छ ।

यता विप्लव समूहकै नेता तथा केही कार्यकर्ता भने पार्टीबाटै असुरक्षाको महशुस गर्न थालेका छन् । पार्टीबाट असुरक्षित भएको भन्दै उनीहरुले स्थानीय प्रशासन समक्ष आत्मसमर्पण गर्दै आफ्नो ज्यानको सुरक्षा गरिदिन निवेदन दिएका छन् ।

विप्लवका कार्यकर्ताले एक विज्ञप्ती जारी गर्दै विप्लव समूहबाट हुनसक्ने असुरक्षाबाट बचाई दिन अनुरोध गर्दै आफूहरुको जिउज्यानको सुरक्षाको मागसहित जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आत्मसमर्पण गरेका छन् ।

गोरखा आरुघाट गाउँपालिका ७ स्थायी घर भएका सरोज न्यौपाने र सुर्खेत,वीरेन्द्रनगर नगरपालिका ४ का विष्णु भण्डारीले पार्टी परित्यागको घोषणा गर्दै आफ्नो रक्षाका लागि प्रशासनको सहयोग मागेका हुन् ।
सरकारले उच्च निगरानीका साथ खोजी थालेपछि सरकारबाट पनि र पार्टी भित्र पनि कठिन परिस्थिति भएको भन्दै पार्टी परित्यागको घोषणा गरेको बताएका छन् । यद्यपी पार्टी छाडेपछि अझै बढी सुरक्षा चुनौती हुने भन्दै यसलाई उचित सम्बोधन गरिदिन प्रशासनसँग माग गरेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ७ : १२ बजे

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।