समता अस्पतालका संचालक सञ्जेलसहित ४ जना पक्राउ | Khabarhub Khabarhub

समता अस्पतालका संचालक सञ्जेलसहित ४ जना पक्राउ


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बौद्धमा रहेको समता अस्पतालका सञ्चालक उत्तम सञ्जेल सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान अस्पतालमा सरसफाइको काम गर्ने २७ वर्षीया विमला तामाङ अस्पतालको शौचालयमा झुन्डिएको अवस्थामा भेटिएपछि प्रहरीले अस्पताल संचालक सञ्जेलसहित ४ जनालाई पक्राउ गरेको हो ।

सोमबार बेलुका अस्पतालबाट घर नफर्किएपछि तामाङको खोजी गर्ने क्रममा मंगलबार बिहान अस्पतालकै शौचालयमा शव भेटिएको थियो। अस्पतालमा झुन्डिएको अवस्थामा शव फेला परेपछि आक्रोशित मृतकका आफन्तले अस्पतालमा तोडफोड समेत गरेका छन् ।

घटनाको विषयमा थप अनुसन्धान गर्न  प्रहरीले अस्पतालका संचालक सञ्जेल, उनकी पत्नि र अन्य दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ६ : २९ बजे

डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु

दोलखा– रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी– बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता