प्रधानमन्त्रीले भनेः नेपाली भाषाबाट तपाईं भन्ने आदरार्थी शब्द नै हराइसक्यो | Khabarhub Khabarhub

प्रधानमन्त्रीले भनेः नेपाली भाषाबाट तपाईं भन्ने आदरार्थी शब्द नै हराइसक्यो


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल अमर्यादित बन्दै गएको आरोप लगाएका छन् । मंगलबार सिंहदरबारमा युरोप भ्रमणबाट फर्किएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्नु भएका प्रधानमन्त्रीले ओलीले सामाजिक सञ्जाल असभ्य र अमर्यादित बनेको आरोप लगाएका हुन् । प्रधानमन्त्री ओलीले भने ‘फेसबुकका सञ्चालकले फेसबुक पैदा गरेर गल्ती गरें कि क्या हो, त्यसै भनेका होइन रहेछन् ।’

सामाजिक सञ्जालमा सामाजिक मूल्य मान्यता, शिष्टता, सभ्यता र मर्यादा हराउँदै गएको आरोपसमेत लगाए । उनले मूलधारका सञ्चारमाध्यमले समेत सामाजिक सञ्जाललाई ‘गुरु थापेर’ त्यसैको पछाडि लागेको भन्दै टिप्पणी गरे ।

नेपाली सञ्चारमाध्यमले गर्ने शब्दचयनप्रति इङ्गित गर्दै उनले भने, ‘अब त नेपाली भाषाबाट तपाईं भन्ने आदरार्थी शब्द नै हराइसक्यो, बाबुलाई पनि तिमी, आमालाई पनि तिमी, हजुरबाबुलाई पनि तिमी ।’

उनले सञ्चारमाध्यमबाट बोलिएका कुराले भावी पिढीलाई पनि असर गर्ने भन्दै यसलाई मध्यनजर गर्न आग्रह गरे । मानिसहरु परिवार र समाजमा बाच्नु पर्ने भएकाले मर्यादित समाजको स्थापनाका लागि लाग्नुपर्ने उनको भनाइ छ । उनले आफ्ना कुरा सत्यतथ्य र मर्यादित भएर राख्नसमेत आग्रह गरे ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ६ : १३ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर