कांग्रेस सभापति देउवाको प्रतिक्रिया– मलाई संसदमा बोल्नै दिइएन | Khabarhub Khabarhub

कांग्रेस सभापति देउवाको प्रतिक्रिया– मलाई संसदमा बोल्नै दिइएन


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबारको बैठकमा आफूलाई बोल्न नदिइएको बताएका छन् ।

मंगलबारको बैठकमा प्रधानमन्त्रीभन्दा पहिले बोल्नका लागि प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा आफूले समय मागेपनि बोल्न नदिइएको बताएका हुन् ।

आफूलाई बोल्न नदिइएपछि संसद बैठक अवरुद्ध गरिएको देउवाको भनाइ थियो ।

मंगलबारको संसद बैठक अवरुद्ध भएपछि संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले भने, ‘ “प्रधानमन्त्रीले बोल्ने होइन । जवाफ दिने हो । पहिले बोलिसकेपछि के बोल्ने मैले ? बोल्ने भए हिजो पनि बोल्थे नि, प्रधानमन्त्रीलाई सुनाउनु थियो आज ।’

संसदमा बोल्नका लागि पहिलो प्राथमिकता प्रमुख प्रतिपक्षीलाई दिइनुपर्ने पनि देउवाको भनाइ छ । ‘जहाँपनि विपक्षीले पहिले बोल्ने हो । जवाफ प्रधानमन्त्रीले दिने हो,’ देउवाले भने, ‘ सुरुमा कहाँ बोल्छन् ?’

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  १ : ५२ बजे

धनुषामा पुरुषको शव फेला 

काठमाडौं– धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको