संसदमा बोल्न नपाएका प्रधानमन्त्री ओलीले बोलाए विशेष पत्रकार सम्मेलन | Khabarhub Khabarhub

संसदमा बोल्न नपाएका प्रधानमन्त्री ओलीले बोलाए विशेष पत्रकार सम्मेलन


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ विशेष पत्रकार सम्मेलन बोलाएका छन् ।

समसामयिक विषयमा आफ्ना धारणा सार्वजनिक गर्न प्रधानमन्त्रीले पत्रकार सम्मेलन बोलाएका जनाइएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमण र गुठी विधेयकसँग सम्बन्धित विरोधबारे आफ्नो धारणा राख्न आज संसदमा बोल्ने समय लिएका थिए ।

तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्न पाएनन् ।

सभामुख कृष्णबहादुर महराले बैठकको प्रारम्भमै प्रधानमन्त्री ओलीलाई बोल्न समय दिएका थिए । तर, प्रतिपक्षी दल कांग्रेसले पहिले प्रतिपक्षी दलले बाल्न पाउनुपर्ने भन्दै संसद वैठक अवरोध ग¥यो ।

कांग्रेसको अवरोधपछि सभामुख महराले मंगलबारको संसद बैठक स्थगित गरेका छन् । संसदको अर्को बैठक बुधबार विहान ११ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  १ : ४४ बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण