काठमाडौंको सडक सधैँ जाम, बाटोको पार्किङले ट्राफिक हैरान ! | Khabarhub Khabarhub

काठमाडौंको सडक सधैँ जाम, बाटोको पार्किङले ट्राफिक हैरान !



काठमाडौं- जोरपाटीका विमल सापकोटा सोमबार काम विशेषले बिजुलीबजार निस्किए । गर्मीको महशुस भएपछि उनी गाडी सडकको किनारामै राखेर चिसो पिउन होटल तिर पसे ।

सापकोटा जब चिसो पिएर फर्किए । ट्राफिक प्रहरीले उनको गाडीको टायरमा ‘ह्यिल लक’ लगाइसकेको देखे । उनी प्रहरीलाई प्रश्न गर्दै थिए । केही बेरसम्म प्रहरी र सापकोटाको दोहोरो संवाद चलिरह्यो । अन्ततः प्रहरीले उनलाई चीट काटिदियो ।

धोवीखोला करिडोरको सडक सुचारु भएसँगै सो सडकमा कुनैपनि सवारी साधन पार्किङ गर्न नदिएको प्रहरीले बताए ।

सुशील खतिवडाको चावहिलमा कपडा पसल छ । पसल भएको ठाउँमा पार्किङको व्यवस्था नहुँदा उनी सडकको किनारामै मोटरसाइकल राख्छन् ।

‘सडकमा पार्किङ गर्दा ट्राफिक प्रहरीले चीट काटिदिन्छ’ खतिवडा भन्छन्, ‘कहिले त सवारी नै उठाएर लगिदिन्छ’ । राजधानी जस्तो ठाउँमा पार्किङको समस्या नहुनु अचम्मको कुरा हो ।

सापकोटा र खतिवडा मात्र होइनन् । उपत्यकामा आवतजावत गर्नेहरुको साझा समस्याका रुपमा पार्किङ देखिएको छ ।

जसकारण धेरै मानिसहरु बाहिर निस्कन रुचाउँदैनन् बाध्यताले निस्किएकाहरु पनि कारवाहीमा फस्ने गर्छन् ।

राजधानीमा सवारी साधनको संख्या दिनप्रतिदिन बढिरहेको छ । अधिकांश स्थानमा यति बेला सडक मर्मत र फराकिलो बनाउने कार्य भइरहेको छ । तर, पार्किङ गर्ने ठाउँ भने पर्याप्त छैनन् ।

यातायात व्यवस्था कार्यलयका अनुसार वर्षेनी २ लाख भन्दा बढि सवारीसाधन दर्ता हुने गर्छन् । बाग्मतीभन्दा बाहिर दर्ता भएका सवारी साधन पनि राजधानीमा गुड्छन् । लाखौँको संख्यामा सवारी गुड्ने राजधानीमा पार्किङको स्थान भने शून्य जस्तै देखिन्छ ।

धेरै स्थानमा सडक साँघुरो छन् । साँघुरो सडक किनारामा पार्किङ गर्नु सवारीधनीको बाध्यता मात्र होइन । थोरै ठाउँमा कोचेर पार्किङ गर्दा सवारीमा क्षति पुग्ने गरेको उनीहरुको गुनासो छ ।

पार्किङको समस्या बढेसँगै उनीहरु फुटपाथमै लगेर सवारी राख्ने गर्छन् । साँघुरो फुटपाथ त्यसमाथि दुइ पांग्रेसवारी साधन राखिदिँदा बाटो हिड्न गाह्रो हुने पैदलयात्रुहरुाको गुनासो छ भने बाध्यताबस पार्किङ गर्नु परेको सवारी चालकको भनाइ छ ।

व्यस्त बागबजार

बागबजारस्थित श्रेष्ठ टेलरिङ अगाडी ‘पार्किङ निषेध’ लेखिएको बोर्ड राखिएको देखिन्छ । तर त्यही बोर्डबाट रत्नपार्क पुलसम्म मोटरसाइकल, स्कुटर र साना गाडीहरु लाइनमा पार्किङ गरिएर राखिएको देखिन्छ ।

धेरै क्याम्पस, अस्पताल र विभिन्न तयारी कक्षा अध्यापन हुने क्षेत्र हो बागबजार । यो सडकमा सवारी साधनको आवगमनलाइ नै प्रभाव पार्ने गरी सवारी पार्किङ गरिने गरिन्छ ।

अन्य स्थानमा सडकको किनारामै राखेको सवारीलाई महानगरीय प्रहरीले उठाएर बग्गी थाना लैजान्छ । तर बग्गी खानाकै आसपासका क्षेत्रमा भने अनाधिकृत पार्किङ गर्दा पनि चुपचाप रहेको पाइन्छ ।

महाशाखा भन्छः पार्किङले जाम बढायो

बढ्दै गएको सवारीसाधनको चापले पार्किङको समस्या मात्र होइन । ट्राफिक व्यवस्थापनमा समेत समस्या परेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

महाशाखाका प्रहरी नायव उपरीक्षक पदम विष्टका अनुसार महाशाखाले सम्बन्धित निकायलाई पटकपटक पार्किङ स्थान बनाउन आग्रह गरेको थियो । सो निकायले त्यसबारे ध्यान नदिँदा सडक जाम तथा पार्किङको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

‘दुइ लाइनमा सवारी पार्किङ गर्दा सडक नै अवरुद्ध हुन्छ’ उनी भन्छन् ‘पार्किङकै कारण दुर्घटना बढिरहेको छ’ ।

उनका अनुसार सडकमा अनाधिकृत रुपमा पार्किङ गरिदिँदा आवतजावत गरिरहेका सवारी ठोकिन पुग्ने समस्या समेत रहेको छ ।

महानगर के भन्छ ?

काठमाडौंको पार्किङको व्यवस्थापन गर्ने जिम्मा महानगरपालिको हो । तर काठमाडौंमा कति र कहाँ—कहाँ पार्किङ स्थान छन् भन्ने कुरा महानगरलाइ थाहै छैन ।

काठमाडौं माहनगरपालिकाले ८ वर्षअघि ‘बहुतलीय भवन निर्माण २०६८’ को अवधारण ल्याएको थियो । सो अवधारणमा भनिएको थियो ‘भवन निर्माण गर्दा अनिवार्य पार्किङ स्थल बनाउने’ ।

व्यवसायिक, अपार्टमेन्ट र मुल सडकमा जोडिएका स्थानमा बन्ने सबै प्रकारका भवनमा अनिवार्य पार्किङ स्थल हुनुपर्ने अवधारणा ल्याइए पनि त्यसको कार्यन्वयन नभएको स्वीकार गर्छन् महानगरका प्रवक्ता इश्वरमान डंगोल ।

‘मापदण्ड पनि बनाईएको थियो’ प्रवक्ता डंगोल भन्छन्, ‘मापदण्ड पुरा नगर्नेलाई भवन निर्माणको स्वीकृति भनिएको थियो’ ।

महानगरका नक्सा पास गर्ने क्रममा पार्किङ सहितको भवन निर्माण गर्ने भनेकाहरुले पनि त्यो लागु नगरेको उनले गुनासो गरे ।

हिजो महानगरमा आएर पार्किङसहितको भवनको नक्सा देखाउनेहरुले अहिले अपार्टमेन्ट, पसल जस्ता व्यवसायिक रुपमा त्यी स्थानलाइ प्रयोग गर्न थालेको बताउँदै उनले भने ‘अब महानगर कडाइका साथ अघि बढ्नेछ’ ।

मुख्य सडकमा बनेका भवनहरुले मापदण्ड पुरा नरगरेका मात्र होइनन् । महानगरले निश्चित रुपमा पार्किङको क्षेत्र छुट्याउन सकेको छैन । पर्याप्त मात्रामा सार्वजनिक जग्गाको अभावका कारण पनि पार्किङ स्थान छुट्याउन नसकेको बताउँदै डंगोल भन्छन्, ‘जग्गाको अभाव छ’ ।

पार्किङको समस्यालाई बुझेका छौँः महानगर

पार्किङप्रतिको समस्या बुझेरै महानगरले स्मार्ट पार्किङ ल्याएको डंगोलले खबरहबलाइ जानकारी दिए । ‘पहिले के थियो भन्दा पनि अहिलेको समस्यालाई हामीले बुझेका छौँ’ उनले भने ‘पार्किङका लागि हामीले जग्गा खोजिरहेका छौँ’ ।

महानगरसँग सम्झौता गरेर ह्विल्स ट्रुली कम्पनीले न्युरोडका ४ स्थानमा स्मार्ट पार्किङ सञ्चालन थालेको र अन्य स्थानमा पनि महानगर अघि बढ्ने उनले बताए ।

\ \

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ८ : ३२ बजे

बङ्गलादेशमा अत्याधिक गर्मी, तोडियो ‘रेकर्ड’

ढाका – बङ्गलादेशको मौसम ब्युरोले बुधबार अप्रिल रेकर्डमा सबैभन्दा तातो

सिधाकुराको बाङ्गो प्रकरण : अनुसन्धानको जिम्मा रविलाई

काठमाडौं- न्युज २४ र ग्यालेक्सी फोरके टेलिभिजनमा काम गर्दा वर्तमान

आजका समाचार : श्रमिक दिवसदेखि टी-२० विश्वकप खेल्ने टोली घोषणासम्म

प्रधानमन्त्रीले भने : श्रमिक, मजदुरहरूको न्यूनतम् पारिश्रमिक बढाउँछौँ प्रधानमन्त्री पुष्पकमल

गाजामा युद्धविराम स्थायी हुनुपर्नेमा हमासका अधिकारीको जोड

प्यालेस्टिन – प्यालेस्टिनी लडाकू समूह हमासका एक अधिकारीले गाजाका लागि

इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

भक्तपुर– चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा