पीएसजीका अध्यक्ष नासिर भन्छन्- एमबाप्पे जसरी पनि पीएसजीमै बस्छन् | Khabarhub Khabarhub

पीएसजीका अध्यक्ष नासिर भन्छन्- एमबाप्पे जसरी पनि पीएसजीमै बस्छन्


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्रान्स तथा पेरिस सेन्ट जमृन (पीएसजी) का स्टार फवार्ड किलियन एमबाप्पे पीएसजीमै रहने क्लबका अध्यक्ष नासिर अल खिलिफिले बताएका छन् ।

एमबाप्पे सरुवाको तयारीमा रहेका समाचार बाहिरिरहँदा अध्यक्षले एमबाप्पे क्लबमै रहने बताएका हुन् । २० वर्षीय एमबाप्पे मोनाकोबाट आएको १ वर्षमै क्लबले बेच्न चाहेको चर्चा चलेपछि अध्यक्ष खेलैफिले एमबाप्पे २०० प्रतिशत क्लबबाटै खेल्ने बताएका हुन् ।

यस्तो राम्रो खेलाडीलाई क्लब छाड्न दिँदैन भन्दै उनले भने ब्राजिल स्टार फरवार्डलाई पनि क्लबले छाड्न लागेको भन्ने कुरा हल्ला मात्रै हो ।

फ्रान्स फुटबलसँगको अन्तरवार्तामा उनले भने,‘मलाई यि खेलाडीहरुले क्लबको जर्सीमात्रै लगाइ दिएपनि गर्व लाग्छ । खेल राम्रो नभएपनि उनीहरुले आफुलाई सुहाउने काम गरीदिए पुग्छ ।’

एम्बाप्पेले गएको सिजनमा पीएसजीबाट खेलेका ४३ खेलमा ३९ गोल गेका छन् । एमबाप्पे २०१७ मा लिग वानको बलियो टोली मोनाकोबाट लोनमा आएका थिए ।

एमबाप्पे आफैले पनि अहिले उनी अहिले आफ्नो करियरको टर्निङ पोइन्टमा रहेको बताएका थिए भने अझै क्लबमाथि अझै उत्तरदायीत्व बढ्दै गएको बताएका थिए । तर, पछिल्लो समय उनलाई लिभरपुल र रियल मड्रिडसँग जोडेर पीएसजी छाड्ने तयारीमा रहेको कुराहरु सार्वजनिक भइरहेको थियो ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ८ : ०६ बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास