इङ्ग्ल्याण्डसामु आज अफगानिस्तानको परीक्षा | Khabarhub Khabarhub

इङ्ग्ल्याण्डसामु आज अफगानिस्तानको परीक्षा


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पछिल्ला २ वटै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लयमा रहेको इङ्ग्ल्यान्डसँग आज (मंगलबार) अफगानिस्तानले खेल्दैछ । म्यान्चेस्टरस्थित वर्ल्ड ट्रार्फोड क्रिकेट मैदानमा हुने खेलमा विश्वकपमा कमजोर प्रदर्शन गर्दै आइरहेको अफगानिस्तानले घरेलु टोलीसँग खेल्न लागेको हो ।

घरेलु टोली इङ्ग्ल्यान्डले पछिल्ला २ खेल मध्ये एक खेलमा १०६ रनले जीत हात पारेको छ भने अर्को खेलमा ८ विकेटको शानदार जीत निकाल्दै उत्कृष्ट लय देखाएको छ । यस्तै अफगानिस्तानविरुद्ध पनि जीतलाई निरन्तरता दिने घरेलु टोलीको लक्ष्य छ । तर, अफगानिस्तानविरुद्धको खेलमा इङग्ल्याण्डका जसन रोय मैदानमा हुने छैनन् ।

ह्यामस्टीङले सताएपछि उनले दुई खेल गुमाएका छन् । यस्तै, कप्तान इयोन मोर्गनसमेत फिट नभएकाले अफगानस्तानविरुद्ध खेल्ने नखेल्ने निश्चित भएको छैन । यद्यपी उनले अफगानिस्तानविरुद्धको खेलका लागि टोली तयार रहेको बताएका छन् । अफगानिस्तानले इङ्ग्ल्यान्डको चोटबाट फाइदा उठाउन सके जीत निकाल्न सक्नेछ ।

प्लेयर्स टु वाच

जोनी बेरिस्टो (इङ्ग्ल्याण्ड)

पछिल्ला तीनवटै खेलमा उत्कृष्ट शुरुवात गर्दै टिमको ब्याटिङलाई सहज बनाउँदै आएका बेरिस्टाले अफगानिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने अनुमान लगाइएको छ । मंगलबार हुने खेलमा रोयले नखेल्दा बेरिस्टोले टिमको ब्याटिङ अर्डर सम्हाल्नु पर्ने जिम्मेवारी उनीमाथि छ ।

रशिद खान (अफगानिस्तान)

विश्वकपमा अपेक्षित खेल पस्कन नसकेका अफगानिस्ताका स्पिनर राशिदबाट घेलु टोलीविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शनको अपेक्षा टोलीले गरेको छ ।

दक्षिण अफ्रिकाविरुद्धको खेलमा राशिदले मात्रै ७ ओभर बलिङ गर्ने अवसर पाएका थिए । लगातारको हारले विश्वकपबाट सिँधै पन्छिन लागेको अफगानिस्तानलाई जीत दिलाउन उनको महत्वपूर्ण योगदानको आवश्यकता छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ८ : ३६ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी