उमेर छिप्पी सक्दा पनि छोरीको बिहे भएको छैन, यसो गरे चाँडै दुलही बन्नेछिन् | Khabarhub Khabarhub

उमेर छिप्पी सक्दा पनि छोरीको बिहे भएको छैन, यसो गरे चाँडै दुलही बन्नेछिन्


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामीले समाजमा कुनै परिवारकी छोरीको उमेर छिप्पिएपछि पनि विवाह हुन नसकेको देखिरहेका हुन्छौँ । विवाहको लागि दुई परिवार बिच कुराकानी हुँदै गर्दा कतिपय अवस्थामा सम्बन्ध जोडिन सकिरहेको हुँदैन । यसका साथै कहिले केटालाई केटी मन पर्दैन त कहिले केटीलाई केटा मन पर्दैन । यस्ता विविध कारणले त्यस्ता युवतीको विवाह हुनमा ढिलाइ भइरहेको हुन्छ । जसका कारण उनका बुबा-आमा तनावमा परिरहेका हुन्छन् ।

तर, छोरीको बिहे हुनुमा के कारण ढिलाइ भइरहेको हुन्छ त ? यसबारे केही प्रसंग यहाँ प्रस्तुत गरिन्छ । हिन्दुशास्त्रअनुसार यदि केटीको कुण्डलीमा गुरु कमजोर रहेको अवस्था छ भने उसको बिहे हुनुमा ढिलाइ हुन्छ । सही समय बिहे हुन तथा कुनै रोकावट नहोस् भन्नाका लागि केही उपाय लगाउन आवश्यक हुन्छ । यस्ता केही उपाय छन् जसलाई पालना गरेको खण्डमा केटीको चाँडै विवाह हुनेछ ।

१. हरेक बिहीबार गाईको हरियो घास खुवाउनुहोस् । यसले केटीको विवाहको योग बन्न सक्छ ।

२. विवाहमा ढिलाइ भइरहेका युवतीले अधिकांश समय पहेलो रङ्गको कपडा लगाउनु राम्रो हुन्छ । यसले गुरुसँग सम्बन्धित शुभ फल मिल्न सक्छ ।

३. बिहीबारको व्रत बस्ने र बृहस्पति मन्दिर गएर पूजा गर्नुहोस् ।

४. युवतीको हातले केराको दुई बिरुवा रोप्ने र दैनिक उक्त बिरुवामा पानी लगाउने । यस्तै हरेक बिहीबार केराको उक्त बोटको पूजा गरेमा शुभ फल मिल्नेछ ।

५. युवतीको विवाहका सम्बन्धमा पटक–पटक बाधा आइरहेको छ भने सोमबार चनाको दाल र सवा लिटर दूध दान गर्नुहोस् ।

६. भगवान शिव तथा माता पार्वतीको पूजा एकसाथ गर्नुहोस् । यसले पनि विवाहको योग बन्नेछ ।

७. हरेक बुधबार वा चतुर्थी तिथीमा भगवान श्री गणेशलाई मालपुवा चढाएर पूजा गर्नुहोस् ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ७ : १९ बजे

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही