काठमाडौंमा हावाहुरीसहित वर्षा, आइतवार र सोमवार पनि मौसममा बदली | Khabarhub Khabarhub

काठमाडौंमा हावाहुरीसहित वर्षा, आइतवार र सोमवार पनि मौसममा बदली


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीमा हावाहुरीसहित वर्षा भएको छ ।  शनिवार साँझ राजधानी र पहाडी क्षेत्रमा हावाहुरीसहित वर्षा भएको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसममा बदली भएका कारण मध्य र पूवी पहाडी भेगमा मेघ गर्जनसहित पानी पर्ने जनाएको छ । विभागका अनुसार आइतवार पनि देशका थोरै स्थानमा अपराह्न मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको पूर्वानुमान गरेको छ ।

आइवार र सोमबारको मौसम पूर्वानुमान यस्तो छ–

जेष्ठ ०५ गते (आईतबार)

दिउँसो: देशका पहाडी भुभागमा आंशिक देखि सामान्य बदली र बाँकी भागहरुमा आंशिक बदली रहने सम्भावना छ । देशका थोरै स्थानमा अपरान्ह पश्चात मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। देशको हिमालि भेगका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना छ।

राति: देशका पहाडी भु-भागमा आंशिक बदलि रही बांकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पहाडी भुभागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जेष्ठ ०६ गते (सोमवार)

दिउँसो: देशका पहाडी भु-भागमा आंशिक बदलि रही बांकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पहाडी भु-भागका थोरै स्थानमा अपरान्ह पश्चात मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति: देशका पहाडी भु-भागमा आंशिक बदलि रही बांकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पहाडी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ६ : २९ बजे

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले