पार्टीभित्र देखिएको विवाद अन्त्य हुनुपर्छ : डा. कोइराला | Khabarhub Khabarhub

पार्टीभित्र देखिएको विवाद अन्त्य हुनुपर्छ : डा. कोइराला


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद अन्त्य हुनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस चितवन–काठमाडौँ सम्पर्क समाजले आज (शनिबार) आयोजना गरेको ‘नयाँ वर्षको भित्तेपात्रो विमोचन तथा जागरण अभियान’कार्यक्रममा उनले कांग्रेस पार्टीभित्र देखिएको विवाद अन्त्य गर्दै १४औँ महाधिवेशन गराउन लाग्नुपर्ने बेला आएको बताए ।

“सभापति पार्टीभित्र गुट, उपगुट भयो भन्दै आफैँ गुट चलाउन लाग्नुभएको छ, यसले पार्टीलाई फाइदा पुग्दैन,”–उनले भने । पार्टीभित्र देखिएको विवाद मिलाउन सभापति लाग्नुपर्ने उनको भनाइ थियो ।

नेता डा कोइरालाले मानव अधिकारसम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयक र राष्ट्रिय सुरक्षा विधेयक तत्काल सरकारले फिर्ता लिनुपर्ने बताउँदै उनले भने, ‘महङ्गी, भ्रष्टाचार, शान्ति सुरक्षा, दण्डहिनताको अन्त्यका लागि कांग्रेस अग्रसर हुनुपर्दछ ।’

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  २ : १६ बजे

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको