उच्च रक्तचापले मुटु र मिर्गौलालाई खतरा | Khabarhub Khabarhub

उच्च रक्तचापले मुटु र मिर्गौलालाई खतरा


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रगत प्रवाह हुने रक्तनलीहरुमा चाप बढी हुनु नै उच्च रक्तचाप  हो । उच्च रक्तचाप हुँदा रक्तनलीहरुमा क्षति पुग्छ र रक्तनलीहरु नै बन्द हुने सम्भावना हुन्छ । उमेर बढ्दै जाँदा मानिसहरुमा उच्च रक्तचापको समस्या देखिन थाल्छ । कम उमेरमै हुने उच्च रक्तचापको कारणलाई सुधार्न सकिन्छ ।

उच्च रक्तचापको लक्षण
–अधिकांश उच्च रक्तचापको बिरामीलाई लक्षण नदेखिने पनि हुनसक्छ,

–उच्च रक्तचाप बढ्दै गएमा टाउको दुख्छ,

–नाकबाट रगत बग्ने,

– रिगाँटा लाग्ने ।

उच्च रक्तचापले यस्तो रोगको जोखिम

उच्च रक्तचापलाई समयमै नियन्त्रण नगर्दा उच्च रक्तचापका बिरामीलाई मुटुरोग, मिर्गौला सम्बन्धी रोग र पक्षघात हुने सम्भावना उच्च रहन्छ ।

रक्तचाप नियन्त्रण कसरी गर्ने ?

–सन्तुलित आहारमा बढी जोड दिने,

– आफ्नो स्वस्थ तौललाई कायम राख्ने,

–खानामा नुनको प्रयोग कम गर्ने,

–फलफूल, सागसब्जी र दूधबाट उत्पादिन चिल्लो कम भएका खाद्यन्न प्रयोग गर्ने,

–नियमित शारीरिक व्यायाम गर्ने,

–धुम्रपान नगर्ने,

– सम्भव भएसम्म सातामा एकदिन पौडी खेल्ने ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ९ : ५२ बजे

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार