ट्रम्पविरुद्धको अनुसन्धान प्रतिवेदन सार्वजनिक | Khabarhub Khabarhub

ट्रम्पविरुद्धको अनुसन्धान प्रतिवेदन सार्वजनिक


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसबीच साँठगाँठ रहेको तथा राष्ट्रपतीय चुनावमा रुसले प्रत्यक्ष हस्तक्षेप गरेको लगायतका विषयमा अनुसन्धान गरेका अमेरिकी न्याय विभागका विशेष अभियोजनकर्ता रोबर्ट मुल्लरको बहुप्रतिक्षित अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ ।

अमेरिकी महान्यायाधिवक्ता विलियम बारले मुल्लरको अनुसन्धान प्रतिवेदनको करिब ४ सय पृष्ठ लामो संशोधित प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदन सार्वजनिक गर्नुअघि पत्रकार सम्मेलनमा बोल्दै महान्यायाधिवक्ता बारले मुल्लरको अनुसन्धान प्रतिवेदनमा रुससँग साँठगाँठ गरेको विषयमा ट्रम्प वा उनको चुनावी अभियानका सदस्यले कुनै गलत काम गरेको भन्ने प्रमाण नभएको उल्लेख छ ।

मुल्लरले सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पलाई जिताउन रुसले हस्तक्षेप गरेको, रुसी एजेण्ट र ट्रम्पको चुनावी अभियानका सदस्यहरुबीच साँठगाँठ रहेको तथा यस विषयमा अनुसन्धान गरिरहेका अमेरिकाको संघीय अनुसन्धान व्यूरो एफबीआईका तत्कालीन निर्देशक जेम्स कोमीलाई ट्रम्पले बर्खास्त गर्दा अमेरिकी न्याय प्रक्रियामा बाधा पु¥याएको लगायतका विषयमा करिब २ वर्षसम्म अनुसन्धान गरेका थिए ।

मुल्लरले यस अनुसन्धानको अन्तिम प्रतिवेदन गत मार्च २२ मा अमेरिकी महान्यायाधिवक्ता विलियमबार समक्ष बुझाएका थिए । अभियोजनकर्ताले महान्यायाधिवक्तालाई अनुसन्धान प्रतिवेदन बुझाएपछि महान्यायाधिवक्ताले प्रतिवेदन सार्वजनिक गरी कंग्रेसलाई बुझाउनुपर्ने प्रावधान अनुसार बारले प्रतिवेदन कंग्रेससमक्ष समेत बुझाएका छन् ।

यद्यपि प्रतिवेदन सार्वजनिक गर्नुअघि राष्ट्रपति ट्रम्पका अधिवक्तालाई हेर्न दिइएको समेत बताइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले भने यसबारे टिप्पणी गर्दै ‘विच हण्ट’ को ‘खेल खत्तम’ भएको जनाएका छन् ।

के छ प्रतिवेदनमा ?

 

 

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ९ : ४३ बजे

तुम्लिङटार विमानस्थलमा उडान ठप्प

किमाथांका– सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ

रामेछापबाट काठमाडौँ आउँदै गरेको माइक्रो दुर्घटना, ६ जना घाइते 

काठमाडौं– रामेछापबाट काठमाडौँ आउँदै गरेको विद्युतीय माइक्रो दुर्घटनामा परेको छ

अस्थिरता नेपालको विकासका लागि घातक : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने

काठमाडौं– भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने भएको छ

लोकप्रिय बन्दै कोदोको बिस्कुट

गलकोट– बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएकोको कोदोको बिस्कुट छोटो