विपद्का घटनामा ४ सय ५४ ले ज्यान गुमाए | Khabarhub Khabarhub

विपद्का घटनामा ४ सय ५४ ले ज्यान गुमाए


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अघिल्लो वर्ष वि.स.२०७५ मा मुलुकमा भएका विभिन्न ४ हजार २ सय ८२ विपद्का घटनामा ४ सय ५४ जनाले ज्यान गुमाएका छन् ।
गृहमन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनीकरण केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार विभिन्न विपद्बाट ११ हजार ५ सय ३३ परिवार प्रभावित भएका छन् । गत वर्ष चट्याङबाट मात्रै ६८ जनाको ज्यान गएको तथ्यांकमा उल्लेख छ ।

बारा जिल्लामा अघिल्लो वर्ष सबै विपद्का घटनाबाट सबैभन्दा धेरैको ज्यान गएको जनाइएको छ । त्यस्तै, अघिल्लो वर्ष वर्षभरीमा सबैभन्दा धेरै विपद्को घटना चैत महिनामा भएको उल्लेख छ । यसअनुसार चैत महिनामा भएका विभिन्न ४ सय ८६ विपद्का घटनामा ६६ जनाको ज्यान गुमाएका थिए ।

सबैभन्दा कम विपद्का घटना भएको असोज महिनामा भने १ सय ८७ घटनामा २८ जनाले ज्यान गुमाए ।  अघिल्लो वर्ष प्रदेश नम्बर १ मा सबैभन्दा धेरै १०३४ विपद्का घटनामा ७९ जनाको ज्यान गएको छ । त्यस्तै, सबैभन्दा कम विपद्का घटना भएको कर्णाली प्रदेशमा २१४ घटनामा ४१ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ९ : ४८ बजे

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतीय विदेशमन्त्रीको टिप्पणी

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।