नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता उत्सुक : महासचिव पौडेल | Khabarhub Khabarhub

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता उत्सुक : महासचिव पौडेल


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले नेपालमा चिनियाँ लगानीकर्ताहरु लगानी गर्न इच्छुक रहेको बताएका छन् ।

उनले आफ्नो चीन भ्रमण फलदायी रहेको भन्दै चीन भ्रमणले दुई देशबीचको सम्बन्ध मजबुत भएको बताए ।

महासचिव पौडेलले खबरहबसँग कुरा गर्दै भने ‘१२ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत सियानस्थित रेल्वे कलेजको अवलोकन गरेको थिएँ, अवलोकनका क्रममा चिनियाँहरुले नेपाली  विद्यार्थीलाई आवश्यक परे छात्रवृत्ति लगायत सहुलियत प्रदान गर्ने इच्छा प्रकट गरे ।’

उनले नेपाल सरकारको सुखी नेपाली समृद्ध नेपाल अभियानमा चिनियाँहरुको साथ र सहयोग रहने समेत अपेक्षा गरे ।

उनले भने, ‘नेपालमा भएको लगानी सम्मेलनकै क्रममा चिनियाँ लगानीकर्ताहरुले लगानीका लागि जुन तत्परता देखाएका थिए, चीनमा व्यापारीहरुसँगको भेटघाटका क्रममा त्यो भन्दा बढी सौहार्दता पाएँ ।’

चीन भ्रमणको अन्तिम दिन विहीबार बिहान महासचिव पौडेलले सियान रेल्वे युनिभर्सीटीको भ्रमण गरेका थिए ।

भ्रमणका क्रममा रेल्वे इन्जीनियरिङ, टेक्निसियन, ड्राइभर लगायतलाई तालिम दिने लगायत बिषयमा छलफल भएको जानकारी दिए ।

बेइजिङ र सियान शहरको भ्रमणपछि महासचिव पौडले विहीबार नै स्वदेश फर्किएका हुन् ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ६ : २७ बजे

सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

बरहथवा– सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला

वेस्टइन्डिज ए ले बनायो २०० रन 

काठमाडौं– नेपाल र वेस्टइन्डिज ए बीचको पाँच खेलको टी-ट्वेन्टी सिरिजको

निर्वाचन आचारसंहित उल्लंघन गरेका रास्वपा उम्मेदवार लिम्बूलाई के हुन्छ कारबाही ?

इलाम – इलाम-२ मा भइरहेको उपनिर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका

इलाममा ४३ प्रतिशत मत खस्यो

इलाम- इलाम २ को उपनिर्वाचनमा ४३ प्रतिशत मत खसेको जिल्ला

लगानी सम्मेलनलक्षित ऐन संशोधन अध्यादेशको कांग्रेसद्वारा विरोध

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लगानी सम्मेलन लक्षित ऐन