चार दिनदेखि थुनामा रहेका पत्रकार गिरी रिहा | Khabarhub Khabarhub

चार दिनदेखि थुनामा रहेका पत्रकार गिरी रिहा


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाचार लेखेकै भरका पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरी चार दिनपछि रिहा भएका छन् ।

ठगी सम्बन्धी पीडितहरुको उजुरीमा आधारित सीआईबीको थुनामा रहेका गिरी काठमाडौं जिल्ला अदालतको आदेशमा रिहा भएका हुन् ।

पत्रकार गिरीको रिहाइका निमित्त प्रेस काउन्सिलको तर्फबाट पूर्व अध्यक्ष बोर्णबहादुर कार्की ,काउन्सिलका अधिकृत मानबहादुर लामिछाने र पत्रकार महासँघको तर्फबाट स्वागत नेपालले बहस गरेका थिए ।

तान्डव न्यूज साप्ताहिक तथा अनलाइनमा बतास अर्गनाइजेसनका सञ्चालक विपेन्द्र बतासले ठूलो रकम ठगी गरेको जाहेरी परेपछि गिरीले त्यसैलाई आधार बनाएर समाचार लेखेका थिए ।

सोही विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार गिरीलाई साइबर अपराधमा पक्राउ गरी काठमाडौं पठाएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ४ : ३८ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय