हावाहुरी प्रभावित क्षेत्रमा साढे ९ लाखको सामान लिएर पुगे धुर्मुस | Khabarhub Khabarhub

हावाहुरी प्रभावित क्षेत्रमा साढे ९ लाखको सामान लिएर पुगे धुर्मुस


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हास्यकलाकार तथा अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ ले बारा र पर्सामा ‘टोर्नाडो’ ले प्रभावित क्षेत्रमा पुगेर राहत तथा सहयोग हस्तान्तरण गरेका छन् ।

धुर्मुस सुन्तली फाउन्डेसनमा उठेको ९ लाख ४४ हजार १ सय १८ रुपैयाँ बराबरको शैक्षिक साम्रगी बारा र पर्साका करीब ८ सय बालबालिकाहरुका लागि वितरण गरिएको सीताराम कट्टेलले जानकारी दिए ।

‘शैक्षिक साम्रगीका साथसाथै केही लत्ताकपडा पनि वितरण गरेका छौँ, यो अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यवाद एवम् आभार व्यक्त गर्न चाहन्छौँ,’ सीतारामले भने, ‘गत शनिवार सम्पन्न भएको मातृभूमि कपको पूर्ण विवरण आउन बाँकी रहेको हुनाले हामीले घोषणा गरेको सहयोग पनि यही अभियानका लागि खर्चिने छौँ ।’

चैतको अन्तिम साता बारा र पर्सामा आएको हावाहुरीले २७ जनाको ज्यान लिएको थियो ।

तस्वीर – धुर्मुस सुन्तली फाउन्डेसनको फेसबूकबाट

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ११ : ५४ बजे

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ