नेपालको पहिलो भूउपग्रहको सफल प्रक्षेपण | Khabarhub Khabarhub

नेपालको पहिलो भूउपग्रहको सफल प्रक्षेपण


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको पहिलो भू उपग्रहको आज (बिहीबार) सफल प्रक्षेपण गरिएको छ । बिहीबार सबेरै २ बजेर ३१ मिनेटमा अमेरिकाको भिर्जिनिया राज्यको वालोप्स फ्लाइट फेसिलिटीबाट अन्तरिक्षतर्फ सफल प्रक्षेपण भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

बास्कोटाले यो सफल प्रक्षेपणसँगै नेपाल अब अन्तरिक्षसँग जोडिएको बताएका छन् । उनले अब प्राविधिक रुपमा पनि देश मजबुद बन्दै गएको बताए । उनले नेपाल स्याटेलाइट प्रक्षेपण गर्ने मूलुकमा सूचिकृत भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

नार्थट्रोप ग्रुमान सिग्नस नामक मालवाहक अन्तरिक्ष यानबाट प्रक्षेपण भएको नेपाली भूउपग्रह १० सेन्टिमिटर लामो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर उचाईको तथा केबल १.३३ किलोग्राम वजनको छ ।

यो भू उपग्रह जापानको क्युसु इन्सटिच्युट अफ टेक्नोलोजी अन्तर्गतको बड्र्स परियोजनामार्फत निर्माण भएको हो भने यसको सबै खर्च नेपाली सरकारले व्यहोरेको छ । नेपाली भूउपग्रहसँगै सोही अन्तरिक्ष यानमा जापानी तथा श्रीलंकाली भू उपग्रह समेत प्रक्षेपण भएका छन् ।

नेपाली भू उपग्रह केही समय अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहने र त्यसपछि अन्तरिक्षमा छाडिने छ । नेपाली भू उपग्रह त्यसपछि पृथ्वीको सतहबाट ४ सय किलोमिटरको उचाईमा अन्तरिक्षको निम्नतहमा रहने छ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ९ : १६ बजे

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै

आजको मौसम : केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

सभामुखसहित शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं– सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल

सूर्यकुमारले शतक बनाएपछि हैदरावादमाथि मुम्बईको जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्