नेपाल बार एशोसिएन चुनावः यस्ता छन् अध्यक्ष प्रत्यासीका प्रतिवद्धता | Khabarhub Khabarhub

नेपाल बार एशोसिएन चुनावः यस्ता छन् अध्यक्ष प्रत्यासीका प्रतिवद्धता


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बार एशोसिएनका अध्यक्षका प्रत्यासीद्वय वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र अभिवक्ता सुनिलकुमार पोखरेलले आ–आफ्नो चुनावी प्रतिवद्धता–पत्र सार्वजनिक गरेका छन ।

सोमबार संचार केन्द्र, नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेपाल बार एशोसिएशनका अध्यक्षका प्रत्यासीद्वय वरिष्ठ अधिवक्ता श्रेष्ठ र अर्का प्रत्यासी अभिवक्ता पोखरेलले आ–आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।

नेपाल बार एशोसिएसनको केन्द्रीय कार्य समितिको नेतृत्व चयनका लागि आगामी चैत्र १६ गते काठमाडौंमा निर्वाचन हुँदैछ । सोही निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल लयर्स एशोसिएशन (एनएलए) बाट अध्यक्षका उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता श्रेष्ठले आफू अध्यक्ष निर्वाचित भए बारलाई निष्पक्ष न्याय सम्पादन गर्ने थलोको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले न्यायालयलाई सक्षम बनाएर जनपक्षीय न्याय सम्पादन गर्न आफूले बारको अध्यक्षमा उम्मेदवार दिएको पनि बताए । अध्यक्षका अर्का प्रत्यासी पोखरेलले न्यायालयलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउने प्रतिवद्धता व्यक्त गरे । काँग्र्रेस निकट डमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए)का तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका उनले बारलाई कानून व्यवसायीहरुको प्राज्ञिक संगठनको रुपमा विकास गर्न क्रियाशील हुने पनि बताए ।

नेपाल बार एशोसिएशनको विधानमा २५ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था गरिएको छ । निर्वाचनमा एनएलएबाट महासचिवमा सुरेन्द्रबहादुर थापा र डिएलएबाट लिलामणि पौडेलले उम्मेदवारी दिएका छन् । केन्द्रीय समितिमा एक जना अध्यक्ष, एक महासचिव, एक जना कोषाध्याक्ष, प्रदेशका १÷१ जनासहित ८ जना उपाध्यक्ष तथा १४ सदस्यका लागि निर्वाचन हुनेछ ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ६ : ५७ बजे

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका