बन्दुकधारीले जथाभावी गोली चलाउँदा १ जनाको ज्यान गयो | Khabarhub Khabarhub

बन्दुकधारीले जथाभावी गोली चलाउँदा १ जनाको ज्यान गयो


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेदरल्याण्ड्स– नेदरल्याण्ड्सको पूर्वी भेगमा रहेको युट्रेक्ट शहरमा गोली चल्दा कम्तीमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । युट्रेक्ट शहरको ट्राममा एकजना बन्दुकधारीले जथाभावी गोली चलाएको अधिकारीले जनाएका छन् । घटनामा अरु केही घाइते भएका छन् ।

स्थानीय समयअनुसार बिहान पौने ११ बजे युट्रेक्ट शहरको २४ अक्टोबरप्लेन क्षेत्रको ट्राम जंसनमा बन्दुकधारीले गोली चलाएको बताइएको छ ।
घटना भएको क्षेत्रलाई प्रहरीले सिल गरेको र सर्वसाधारणलाई सुरक्षित रुपमा आफ्नो घरभित्रै रहन आह्वान गरेका छन् ।

संदिग्ध बन्दुकधारी फरार रहेको र बन्दुकधारीको खोजी भइरहेको प्रहरीको भनाइ छ । बन्दुकधारीले गोली चलाउनुको कारणबारे केही थाहा हुन सकेको छैन । यद्यपि प्रहरीले घटना आतंकवादसँग सम्बन्धित रहे नरहेकोबारे अनुसन्धान गरिरहेको छ ।

डच प्रधानमन्त्री मार्क रुटले घटनाबारे चासो व्यक्त गर्दै साप्ताहिक बैठक स्थगित गरेको जनाएका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ६ : २८ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको